Friday, December 24

क्रीसमसको शुभकामना

देश बिदेशमा रहेका मेरा प्यारा मित्रहरु यो क्रीसमस २०१० तथा नया बर्ष २०११ को शुखद उपलक्ष्यमा हार्दिक शुभकामना र तपाईहरु हरेक पल यो क्रीसमसमा जसरि रमाइलो गर्नु हुन्छ त्यसरि नै रमाइलो दिन हरु बितोस भ्न्ने मेरो चाहना धन्यबाद

Tuesday, December 14

पारसलाई कारवाही

२७ मंसिर, धरान ।
 शान्ति तथा पुनःनिर्माण मन्त्री रकम चेम्जोङले पूर्वयुवराज पारस शाहलाई कारबाही गर्ने बताउनु भएको छ । प्रेस चौतारी सुनसरीले सोमबार धरानमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री चेम्जोङले घटना छानबिन गरी दोषी ठहरीएमा पारसलाई कारबाही गर्ने दावी गर्नुभयो ।
‘पारस शाहले गल्ती गरेको भए उनलाई कारबाही हुन्छ,’ मन्त्री चेम्जोङले भन्नुभयो, ‘कानुनको उल्लङ्घन गर्ने जो कसैलाई पनि कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’

Tuesday, November 23

हाम्रा कर्ण दाजु अब हाम्रा माझ रहेनन्

साथीहरुसंग खाना खाँदै दाजु कर्ण बहादुर रानामगरskyblue shirt
बुटवल देखि नजिकै रहेको मङलापुर भन्ने ठाउँमा घर भएका हाम्रा दाजु लगभग दुई बर्षदेखि कोरीयाको फाजुस्थित एक फिल्टर बनाउने कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।  आइतबार राति आफ्ना साथिहरु संग रमाईलो गरि सुत्नुभएको दाजु फेरि कहिल्लै हाम्रो माझमा न आउने गरि सुत्नुभयो । प्यारा दाजु अत्यन्तै मिलनसार हुनुहुन्थ्यो । यहि चुसकको बिदामा संगै हामी घुम्न पनि गएका थियौ ।

Thursday, November 11

हराएका सीमा

धनगढी, कात्तिक २४
 नेपाल र भारत दुई देशका सिमावर्ती जिल्लाका अधिकारीहरुको बुधवार धनगढीमा बसेको संयुक्त बैठकले सिमानामा हराएका स्तम्भहरुको आधार पत्ता लगाएर पुननिर्माण गर्न केन्द्रीय सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। बेजोर नम्बरका स्तम्भ नेपाल पक्षले र जोर नम्बरका स्तम्भ भारतले निर्माण गर्ने बैठकमा सहमती भएको कैलालीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद बिडारीले बताए।

Friday, November 5

विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति

काठमाडौँ, कात्तिक १८ 
 विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरुको सूचिको शीर्ष स्थानमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई चिनियाँ राष्ट्रपति हु जिन्ताओले उछिनेका छन्। गत वर्षको सूचिमा ओबामा पहिलो स्थानमा थिए।अमेरिकी म्यागेजिन फोर्ब्सले निकालेको सूचिमा पृथ्वीका ६ अर्ब ८० करोडमध्ये ६८ सबैभन्दा शक्तिशालीको नाम रहेको छ।सूचिका लागि फोर्ब्सले विभिन्न उपाय अपनाएको बताएको छ। सम्पतिमात्र मापन गरिएको छैन जसका कारण अर्बपतिहरु पनि सूचिबाट हटेका छन्। यी त्यस्ता व्यक्ति हुन्, जसले विश्वलाई आफ्नो इच्छामा घुमाउने शक्ति राख्छन्- फोर्ब्सले भनेको छ।'विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशका महत्त्वपूर्ण राजनीतिक नेता र विश्वको कूल जनसंख्याको पाँच भागको एक भागमाथि झण्डै तानाशाही नियन्त्रण कायम गर्ने शक्ति भएको' भन्दै फोर्ब्सले ६७ वर्षीय जिन्ताओलाई सबैभन्दा शक्तिशाली व्यक्ति भएको बताएको छ।अमेरिकी राष्ट्रपति बाराक ओबामा दोस्रो स्थानमा झर्नुको कारण फोर्ब्सले लेखेको छ- भर्खरैको सम्पन्न

Wednesday, November 3

फेसबुकबाट होशियार

काठमाडौं, (दैनिकी)
इंटरनेटबाट ठग्ने मानिसहरूले बिभिन्न तरिकाबाट मानिसहरूलार्इ ठग्ने गरेको खुलासा भएको छ। हालै यस्ता ठगहरूले शुरूमा फेशबुक जस्ता सामाजिक नेटवर्किग वेभसाइटहरूमा मानिसहरूसंग दोस्ती बढाउन थालेका छन। त्यस पछी यस्ता साथीहरूको इमेल ह्याक गरेर उनीहरूको सबै साथीहरूको इमेल पत्ता लगाउने गर्दछन्।


Tuesday, November 2

१५ औं पटक पराजित


काठमाडौं, कार्तिक १५ - प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेल सोमबार १५ औं पटक पराजित भएका छन् । निर्वाचनमा पौडेलको पक्षमा ९६, विपक्षमा २ मत परेको थियो ।१२९ सभासद् उपस्थित मतदान प्रक्रियामा ३१ सभासद् तटस्थ बसेका थिए ।प्रधानमन्त्री चयनका लागि पुनः १६ औं चरणको निर्वाचन कात्तिक १८ गते दिउँसो ३ बजे हुने छ ।५ सय ९९ सदस्यीय सदनमा बहुमत भन्दा बढि स्थान ओगट्ने माओवादी र एमाले मतदानमा भाग नलिने पूर्व निर्णयमा अडिग रहेकाले पौडेलको हार निश्चित थियो ।

Saturday, October 30

फेसबूकले हत्या अनि जेल

फ्लोरिया- अहिलेको जमाना कम्प्युटर भनेपछि बुढादेखि बच्चा सबैलाई मन पर्छ । त्यसमा पनि आजभोलि चलेको फेसबूकको कहानी त सर्वबितितै छ। आजभोलि जहांपनि जुनदेशमा पनि फेशबूक को असर देख्छौ । त्यस्तै फ्लोरियामा भएको एक खतरनाक घटना घटेको छ। कतिसम्म खतरा हुन्छ त फेसबूकमा यस घटनाले स्पष्ट पार्दछ । २२ बर्षीया अलेक्ज्यान्ड्रा टोबियास यहि फेसबूककै कारण
जेल परेकि छिन । फेसबूक चलाउदै गर्दा तीन महिनाको छोरा रोएर बाधा पुगेपछि छोरा भुलाउन हल्लाउदा कम्प्युटरमा टाउको ठोक्किन पुगि मृत्यु भएको थियो । प्रहरीले उनलाई हत्याको अभियोग लगाएको छ ।अभियोग प्रमाणित भए उनले आजीवन कारागरको सजाय भोग्नुपर्ने हुनसक्छ । जेलमा संगै बस्ने साथीसंग आफ्नो छोराको हत्या गरेको स्वीकार भएको जनाइएको छ । "हो मैले नै मेरो छोरा मारें" भनेर उनले बयान अदालतलाई दिएकी छिन ।

Tuesday, October 26

सर्वोच्च शिखर आरोहि निमा हिमशिखरमा बेपत्ता

बिश्वको सर्वोच्च शिखर नेपालमा रहेको सगरमाथामा १९ पटक सम्म टेकी सकेका छेवाङ निमाशेर्पा अर्का एक आरोही सहित हिमपहिरोमा परेर बेपत्ता भएका छन । उनी ७१३० मिटर उचाईमाशनिबार देखि बेपत्ता भएका छन । सगरमाथामा सबैभन्दा बढी पाइला टेक्ने आप्पा शेर्पा जो २० पटक चढिसकेका छन । उनलाई पछ्याउने क्रममा ४३ बर्षिय निमा साथमा रहेका बेलायती आरोहण दलका निम्ति डोरी ओछ्याउदैं गर्दा बरुन्से हिमालमै हिमपहिरो परेका थिए । उनी केवल सर्वोच्च शिखरभन्दा ८५ मिटर तल
रहेका समयमा सो दुर्घटना भएको सांग्रीला ट्रेक एण्ड एक्स्पिडिसन आइतबार जनाएको छ । आरोहणमा रहेका अन्य सदस्यले हिऊ खोतल्दा पनि फेला नपरेको बताएका छन । आरोहण रहेका अन्यसदस्य सकुशल रहेको र उद्दारका लागि सोहि आइत बारै त्यस तर्फ हेलिकोप्टर पठाइएको जनाइएको छ ।

Monday, October 25

प्रचण्ड र महेन्द्र बराबरी नै छन ।

काठमाडौं, कात्तिक ७
 कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राजा महेन्द्र र माओवादी अध्यक्ष पुष्पकमल दाहालको कुरामा त्यति अन्तर नभएको बताएका छन्। जनताले उपभोग गर्ने स्वतन्त्रता र सार्वभौमसत्तालाई नियन्त्रण गर्ने नियत दुवैको उस्तै भएको आरोप उनले लगाए।

'मौलिक रूपमा महेन्द्र र प्रचण्डको कुरामा त्यति ठूलो अन्तर छैन', संविधानसभा भवनमा भएको २७ दलको

बैठकबाट बाहिर निस्कँदै पौडेलले भने, 'राजनीतिक स्वतन्त्रता, पार्टी खोल्ने स्वतन्त्रता, न्यायिक स्वतन्त्रता र मौलिक अधिकारलाई कुनै न कुनै रूपमा नियन्त्रण गरिएको नियन्त्रित व्यवस्था चलाउन खोज्ने नियत

Thursday, October 7

चुनाव दशौंपटक पनि

२० असोज, काठमाडौं । राजनीतिक सहमति नजुटेको कारण बुधबार हुने दशौंपटकको प्रधानमन्त्री चुनाव पनि निरर्थक हुने भएको छ ।प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा अपरान्ह तीन बजे चुनाव हुँदैछ ।प्रधानमन्त्रीको चुनाव अघि नै सहमति जुटाउने उद्देश्यले एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेको संयुक्त बैठकमा सहमति नजुटेपछि मुलुकले दशौंपटकको चुनावबाट पनि प्रधानमन्त्री नपाउने भएको हो । शान्ति र संविधानका मुद्दामा प्याकेजमा सहमति नभएसम्म उम्मेदवारी फिर्ता नलिने काङ्ग्रेसले अडान राखेको छ ।

Saturday, October 2

कोरीयाको अपार्टमेन्ट मा आगो>>>>>>>

02-10-2010 korea 
कोरीयाको पुसानस्थित हेउन्दे भन्ने ठाउमा बिहानको ११ बजेर ३३मिनेट जादा जुसाङ पोकहाप बिल्डिङ को चौथो तलाबाट शुरु भै ३८ तला सम्म रहेको सो बिल्डिङ खाना बनाउदा फोहर फाल्ने भाडोबाट आगो

Friday, October 1

होसियार !!!!! फेसबूक फेसबूक>>>>

छिनछिनमा फेसबुकमा स्टायटस अपडेट गर्नुहुन्छ? आफ्ना साथी, नातेदार र सहकर्मीहरुले के स्टायटस वा फोटो राखे, कसले के कमेन्ट गरे भनी छिनछिनमा हेर्नुहुन्छ ? त्यसो हो भने तपाईँमा तनावको स्तर बढ्न सक्छ, निद्रा हराउन सक्छ र व्यक्तिगत सम्बन्धमा असर पर्न सक्छ- ह्यारिसवर्ग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले गरेको एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ।

Thursday, September 30

कोरीया कोरीया

काठमाडौं, असोज १४
 रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया जान भाषा परीक्षामा सहभागी भएकाको नतिजा बिहीबार सार्वजनिक भएको छ। भाषा परीक्षामा सहभागी भएका मध्ये ४ हजार १ सय ८० जना उत्तीर्ण भएका छन्।

दक्षिण कोरियाको भाषा परीक्षा भदौ १२ र १३ गते भएको थियो।

'भाषा परीक्षामा सहभागी भएका ३६ हजार १ सय

Monday, September 20

महाकालीमा भीषण बाढी


महेन्द्ननगर , आश्विन ३

 - महाकाली नदीमा शनिवार रातीदेखि आएको बाढी कञ्चनपुरको भिमदत्त नगरपालिकाको ११, १२ र १३ वडाको नदी किनारका वस्तीमा पसेपछि करिव सय परिवार बिस्थापित भएका छन् । बाढी घरमा पसेर डुवानमा परेका वासिन्दालाइ उद्दार गरि सुरक्षित ठाउँमा पुर्याउने काम भइरहेकोछ । भुजेलाको बाढी प्रभावित क्षेत्रमा उद्दारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । उद्दार कार्यको स्थलगत अनुगमनका लागि सुरक्षा तथा स्थानीय प्रशासनका अधिकारीहरु प्रभावित क्षेत्र पुगेका छन् ।

Saturday, September 18

इन्टरनेट प्रयोगकर्ता प्रहरीको निगरानीमा

रामचन्द्र भट्ट, काठमाडौं, असोज १ 
 घर वा कार्यालयमा एक मेगाबाइटभन्दा बढी व्यान्डविथ (स्पिड) को इन्टरनेट प्रयोग गर्नुहुन्छ? यदि हो भने तपाईँ प्रहरी अनुसन्धानको घेराभित्र पर्न सक्नुहुन्छ। प्रहरीले प्रति सेकेन्ड एक मेगाबाइट वा यो भन्दा बढी स्पीडको इन्टरनेट सेवा लिने उपभोक्ताको विवरण लिन थालेको छ। 'प्रहरीले हामीसँग एक मेगाबाइट र यो भन्दा बढी स्पिडको इन्टरनेट प्रयोग गर्ने ग्राहकको सूची उपलव्ध गराइदिन पत्र पठाएको छ,' दूरसञ्चार प्राधिकरण स्रोतले भन्यो।

एक मेगाबाइटको स्पिडलाई नेपालमा उच्च गतिको इन्टरनेटको रुपमा लिइन्छ। अवैध रुपमा भिओआइपी चलाउनेले यो स्पिडमा इन्टरनेट लिने भएकोले तिनीहरुको खोजी गर्न सजिलो पार्नको निम्ति यस्तो विवरण मागिएको हो।>>>>>>

Friday, September 17

एकै दिन ३० हजारले

काठमाडौं, भदौ ३१ मुलुकभरका डेढ करोड मतदाताको फोटो, औंठा छाप (फिङ्गर प्रिन्ट) सहित नामावली कम्प्युटरिकृत गर्ने महत्वाकाङ्क्षी योजना कार्यान्वयन बुधबार सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार ५८ नगरपालिकाका ८ सय नामावली संकलन केन्द्रमा उपस्थित भई पहिलो दिन ३० हजारले फोटो खिचाएका छन्। ल्यापटप, स्क्यानर र अन्य उपकरण सहित ती केन्द्रमा खटिएको टोलीले मतदाताको दुवै हातका बुढी, चोर औलाको छाप, तीन पुस्ते र अन्य विवरण संकलन गरेको छ।

Monday, September 13

पुरानै गठबन्धन कायम>>>>


काठमाडौं, २७ भदौ
प्रधानमन्त्री माधवकुमार नेपालले पुरानै लोकतान्त्रिक गठबन्धन कायम राख्न गृहकार्य सुरु गरेका छन् । उनले पार्टी अध्यक्ष झलनाथ खनालसँग एमालेको तटस्थता निर्णय पुनर्विचारका लागि आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री नेपालले आइतबार मधेसी दलका नेताहरूसँग छलफल गरी पुरानै लोकतान्त्रिक गठबन्धन कायम गर्ने पहल गरेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री नेपालले एमालेले सहमतिको सरकार गठनका लागि पहल गरेको, तर शान्ति र संविधानका विषयमा सहमति गरेर संयुक्त सरकार गठनमा माओवादी नदेखिएकाले पुरानै गठबन्धनलाई निरन्तरता दिन बाध्य भएको बताएका थिए ।>>>>>>

पुरानै गठबन्धन कायम>>>>

काठमाडौं, २७ भदौ
प्रधानमन्त्री माधवकुमार नेपालले पुरानै लोकतान्त्रिक गठबन्धन कायम राख्न गृहकार्य सुरु गरेका छन् । उनले पार्टी अध्यक्ष झलनाथ खनालसँग एमालेको तटस्थता निर्णय पुनर्विचारका लागि आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री नेपालले आइतबार मधेसी दलका नेताहरूसँग छलफल गरी पुरानै लोकतान्त्रिक गठबन्धन कायम गर्ने पहल गरेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री नेपालले एमालेले सहमतिको सरकार गठनका लागि पहल गरेको, तर शान्ति र संविधानका विषयमा सहमति गरेर संयुक्त सरकार गठनमा माओवादी नदेखिएकाले पुरानै गठबन्धनलाई निरन्तरता दिन बाध्य भएको बताएका थिए ।>>>>>>

Friday, September 3

मन्त्री भएर बस्न लाज लाग्न थालिसक्योः गृहमन्त्री>>>>>>

काठमाडौँ, भदौ १८ 
 गृहमन्त्री भीम रावलले दुई दुई महिनासम्म कामचलाउ मन्त्रिपरिषद्को मन्त्री भएर काम गर्नुपर्दा आफूलाई लाज लाग्न थालिसकेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, 'प्रधानमन्त्रीले नै राजीनामा दिइसकेको अवस्थामा मन्त्रीले के राजीनामा दिनु?' यस्तै अवस्था जारी रहे त्यसको प्रतिकूल असर सुरक्षा व्यवस्थामा पर्ने चिन्ता मन्त्री रावलले पोखे। जिम्मेवार राजनीतिक दलहरु तटस्थ बस्नाले पनिसमस्या उत्पन्न भएको उनको कथन थियो। प्रधानमन्त्री माधवकुमार नेपालले गत असार १६

Wednesday, September 1

मोबाइल लुटिने र हराउने समस्याबाट छिट्टै राहत


काठमाडौं, भाद्र १६ - मोबाइल हराउने या लुटिने समस्याबाट पीडित हुनुहुन्छ ? हुनुहुन्छ भने अब नआत्तिनोस्, धेरै समय पर्खनुपर्दैन । अबको पाँच/छ महिनामै मोबाइल लुटिने र हराउने समस्याबाट राहत पाउनुहुनेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय र दूरसञ्चार प्राधिकरणले दुई/तीन चरण छलफलपछि मोबाइल हराउने र लुटिने समस्याबाट आम उपभोक्तालाई राहत दिन नेपाल टेलिकम र एनसेलसहितका मोबाइल सेवा प्रदायक कम्पनीहरूमा उपकरण पहिचान गर्ने प्रणाली (इक्विप्मेन्ट आइडेन्टिफिकेसन रजिस्टर सिस्टम) अविलम्ब लागू गराउने निर्णयमा पुगेका छन् । देशभर मोबाइल उपभोक्ता ८० लाखभन्दा बढी छन् ।>>>>

Thursday, August 26

को थिए ती पाँच यात्रु ?>>>>>>


काठमाण्डौ भाद्र १०
अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा मृत्यु हुने १४ मध्ये ५ नेपाली यात्रु थिए । त्रिभुवन विमानस्थलबाट मंगललबार बिहान लुक्लाका लागि उडेको डोर्नियरका चालक दलका तीन जना पनि नेपाली नै थिए । मौसमका कारण अवतरण गर्न नसकी र्फकनेक्रममा मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त हुन पुगेको विमानका ती नेपाली यात्रुका परिवारजन बुधबार शोकाकुल थिए । को थिए त ती पाँच यात्रु ? सुरज कुँवर लेख्छन्-

Monday, August 23

पानीमुनि फेसन>>>>

दक्षिण कोरीयाको राजधानी सऊलमा आइतबार एउटा अनौठो फेसन सो आयोजना गरियो। अरु बेला जस्तो यो फेसन सोमा मोडलहरु र्‍याम्पमा हिँडेका थिएनन्, उनीहरुको फेसन सो पानीमुनि थियो।  नयाँ डिपार्टमेन्ट स्टोरको प्रचारका लागि डिजाइनर पार्क सुल न्ययोले डिजाइन गरेका यी पहिरनहरु प्रदर्शन गरिएका थिए। आयोजकहरुले यसलाई विश्व कै पहिलो पानीमुनि भएकोफेसन सो भनिएको छ।

Sunday, August 22

करोडौँ चोरीको आरोपमा आठ नेपाली>>>>

काठमाडौँ, भदौ ६-- गहना पसलबाट साढे दुई करोड रुपैयाँभन्दा बढी चोरेको आरोपमा भारतको बंगलौरमा आठ जना नेपाली पक्राउ परेका छन्। प्रहरीलाई उद्‍धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले जनाए अनुसार उनीहरुबाट दुई करोड रुपैयाँ बरामद भइसकेको छ।पक्राउ परेका आठ जना मध्ये एक जना धनसिंह पसलमा वाचम्यानका रुपमा काम गर्ने समाचारमा जनाइएको छ। पक्राउ परेका अन्यमा सञ्जय भण्डारी, पदम थापा, टेक बहादुर, जय बहादुर, गणेश र बसन्त खड्का रहेका छन्। अगस्त नौ तारिखमा>>>>>

Wednesday, August 18

प्रधानमन्त्रीको अर्को चुनाव भदौ ७ मा>>>>>

काठमाडौं, भदौ २ - पाचौं पटक प्रधानमन्त्री निर्वाचन भदौ ७ गते दिनको ३ बजे हुने भएको छ। कार्यव्यवस्था परामर्श समितिको वैठक सहमति भएपछि सभामुखले चुनावको नयाँ मिति तोकेका हुन्। आजको संसदको वैठकमा रामकुमारी यादवको शोक प्रस्ताव पारित हुनेछन्। 
चार चरणसम्म पनि कुनै पनि उमेद्‍वारले बहुमत ल्याउन नसकेपछि प्रधानमन्त्री चयन हुन सकेको छैन्। प्रधानमन्त्री पदबाट माधव कुमार नेपालले राजीनामा गरेको डेढ महिना पुग्नै लागेको छ। प्रधानमन्त्री पदका प्रत्यासीहरुमा एकीकृत नेकपा माओवादीका

दुर्घटनामा १६ प्रहरी>>>>>>

हेटौंडा, भदौ, २ - राजमार्ग गस्तीमा गएको प्रहरीको जिप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक गौतमराज कट्टेलसहित १६ प्रहरी घाइते भएका छन्।सङ्घीय लोकतान्त्रिक पार्टीले आज तामाङको बाहुल्यता भएको जिल्लामा आह्वान गरेको बन्दका क्रममा सवारीसाधनको स्कटिङ एवम् गस्तीमा गएको प्रहरीको जिप पूर्वपश्चिम राजमार्गमा पर्ने मनहरी गाविस-१४ माइल भन्ने स्थानमा आज साँढे दस बजे दुर्घटनामा परेको हो। गाडीको स्प्रीङ पत्ता भाँचिएर गाडी सडकबाट तल खसेको प्रहरीले जनाएको छ।प्रहरी नायव उपरीक्षक कट्टेलसहित घाइते भएका १६ प्रहरीको हेटौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी

'फस्ट लभ' ले एक सातामा ९० लाख >>>>>>



तनहुँ, भदौ २- व्यापार गर्नेले नाफा खोज्नु स्वभाविक हो। तर नेपाली फिल्मका निर्माताहरू लगानी उठाउनुलाई नै महत्त्वपूर्ण ठान्छन्। त्यही भएर होला 'फस् लभ'का निर्माता माधव वाग्ले फिल्मले लगानी उठाएकोमा मंगलबार निकै खुसी थिए।फिल्मको बजार बुझ्न मंगलबार दमौली आएकानिर्माता वाग्लेले उत्तरशिला चलचित्र मन्दिरमा भने, 'हामी सुरक्षित भइसकेका छौं।' करिब ६५ लाखमा निर्माण गरिएको 'फस्ट लभ'ले एक सातामै ९० लाख रूपैयाँ संकलन गरेको उनले दाबी गरे।प्रेमकथामा आधारित फिल्म 'फस्ट लभ'लाई युवा पिँढीले मन पराएको पाएको

युगान्डामा अलपत्र परेका>>>>

काठमाडौँ, भदौ १ - अफ्रिकी मुलुक युगान्डामा अलपत्र परेका चार जना नेपाली त्यहाँ रहेको नेपाली समाजको सहयोगमा आज नेपाल फर्कँदै छन्। उनीहरु आज नेपाली समय अनुसार साँझ सात बजे इमिरटेस् एअरको उडानबाट युगान्डाबाट दिल्लीका लागि उड्दै छन्। दक्षिण अफ्रिका पठाउने भनेर उनीहरुलाई विगत दुई महिनादेखि युगान्डाको एउटा होटेलमा राखिएको समाजका चिजन भट्टराईले बताए। पीडितका अनुसार ती नेपालीलाई युगान्डा पुर्‍याउने गिरोहमा १ जना युगान्डाका नागरिक,१ जना नाइजेरियाका र एक नेपाली रहेका छन्। काठमाडौंमा बस्दै आएका डिबी उपनामले चिनिने पाँचथरका दलबहादुर गुरुङले ४ जनाबाट पाँच पाँच

Saturday, August 14

साइट ब्लक<>>>>


काठमाडौ, श्रावण २८ २०६७ ०९:२४ - इन्टरनेटको अश्लील साइटमा रमाउनेको संख्या अस्वाभाविक रूपमा बढेपछि सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो ।
अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता दृश्य आउने सबै प्रकारका साइट ुब्लकु गर्ने तयारी गरेको हो । मुलुकमा ४१ आईएसपी कम्पनी, नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्यवस्था लागू हुनेछ ।

मोबाइल र महिला>>>>>>

वर्तमान समय फेसनको चमकदमकमा हिँडेको छ । हरेक मानिस फेसनप्रति सचेत  हुन थालेका छन् । पहिले पहिरनलाई मात्र फेसनका रूपमा बुझ्ने नेपाली समाज क्रमशः एडभान्स हुँदैछ । त्यसो त कतिपय आवश्यकता नजानिँदो तबरले फेसन बनिरहेका हुन्छन् । कुनै समय थियो जतिबेला मोबाइल फोन हाइ- हेल्लोका लागि मात्र प्रयोग गरिन्थ्यो तर अहिले समय बदलिएको छ । संसार यसैभित्र अटाउने प्रविधि थपिदै छन् । सामाजिक प्रतिष्ठाका रूपमा परिचित मोबाइल अहिले आममानिसको आवश्यकता बनेको छ । पछिल्लो प्रविधिले यसलाई अझ फराकिलो र सम्पन्न बनाउँदै लगेको छ ।


मोबाइल र महिला>>>>>>

वर्तमान समय फेसनको चमकदमकमा हिँडेको छ । हरेक मानिस फेसनप्रति सचेत  हुन थालेका छन् । पहिले पहिरनलाई मात्र फेसनका रूपमा बुझ्ने नेपाली समाज क्रमशः एडभान्स हुँदैछ । त्यसो त कतिपय आवश्यकता नजानिँदो तबरले फेसन बनिरहेका हुन्छन् । कुनै समय थियो जतिबेला मोबाइल फोन हाइ- हेल्लोका लागि मात्र प्रयोग गरिन्थ्यो तर अहिले समय बदलिएको छ । संसार यसैभित्र अटाउने प्रविधि थपिदै छन् । सामाजिक प्रतिष्ठाका रूपमा परिचित मोबाइल अहिले आममानिसको आवश्यकता बनेको छ । पछिल्लो प्रविधिले यसलाई अझ फराकिलो र सम्पन्न बनाउँदै लगेको छ ।

Tuesday, August 10

लोडसेडिङ समय घट्यो

काठमाडौं, साउन २४ (नागरिक)- एक सातादेखि दैनिक ८ घन्टा लोडसेडिङ हुँदै आएकोमा आजदेखि त्यो घटेर पहिलेकै समयमा झरेको छ। जसअनुसार अब दैनिक २ घन्टामात्र लोडसेडिङ हुनेछ। नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी ए जलविद्युत् परियोजनामा मर्मत सम्भारका लागि भनेर लोडसेडिङको समय बढाएको थियो.यही बेला नगरी नहुने भएकाले लोडसेडिङ समय थपेर भए पनि मर्मत कार्य गर्न बाध्य भएको प्राधिकरणले स्पष्टीकरण दिएको थियो। अहिले यो कार्य पूरा भएकाले पुरानै समयमा लोडसेडिङ झारिएको उसको भनाइ छ।

Thursday, August 5

क्षेत्रीय सैन्य तालिम केन्द्र खोलिने>>...

काठमाडौं, साउन १९ 

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा साउन १६ देखि सञ्चालित कमाण्डेण्टहरूको सम्मेलनले क्षेत्रीय शान्ति कार्य तालिम केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।राष्ट्रसंघीय शान्ति मिसनमा खटिने एशियाली सदस्य राष्ट्रहरुबीच सहयोगका क्षेत्र पहिचान र विस्तार गर्ने उद्देश्यले सैनिक क्षेत्रीय संगठनको स्थापना गर्ने निर्णय गरिएको हो।सम्मेलनमा नेपाललगायत बंगलादेश, कम्बोडिया,

Sunday, August 1

रुपन्देहीमा नेपालकै ठूलो क्लिंकर उद्योग>>>>

बुटवल, १४ साउन : रुपन्देहीमा नेपालकै सबैभन्दा ठूलो क्लिंकर उद्योग स्थापना गरिएको छ । १ सय ५० करोड लागतमा निर्माण गरिने उद्योग अन्तिम चरणमा पुगेको छ । डाइनेस्टी इन्डस्ट्री नेपाल प्रालिले नेपालको सबैभन्दा बढी क्षमताको क्लिंकर उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।उद्योगको क्षमता ८ सय मेटि्रक टन हुनेछ ।........

Wednesday, July 28

विमान दुर्घटनामा १ सय ५२ वेपत्ता>>>>>>


इस्लामावाद, श्रावण १२
 कराचीबाट इस्लामावादतर्फ जादै गरेको एयर ब्लू कम्पनीको विमान बुधबार दुर्घटना हुदा चालक दलका ६ सदस्य सहित १ सय ५२ जना वेपत्ता भएका छन् । उक्त विमान मारगाला पहाडमा दुर्घटनाग्रस्त भएको हो । खराब मौसमका कारण विमान पहाडमा ठोक्किएको एजेन्सीहरुले जनाएका छन् ।उक्त विमान कम्पनीले खाडी देश तथा बिट्रेन र आन्तरिक उडान भर्दै आएको छ । स्थानीयले मारगाला पहाडी क्षेत्रमा धुवा उडेको देखेका स्थानीय अधिकारीले जनाएका छन् ।दुर्घटनास्थल सम्म पुग्न सडक नभएकाले उद्धारमा कठिन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

नागरिकता लिन चर्पी बनाउनुपर्ने !>>>>

कालिकोट, साउन १२- अब कालिकोटका बासिन्दाले नागरिकता लिनका लागि घरमा चर्पी बनाउनै पर्ने भएको छ। जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यअनुसार नागरिकता लिन चर्पी भए नभएको सिफारिस आवश्यक पर्ने प्रावधान राखिएको छ। गत वर्षको जिल्ला परिषद्ले पारित गरेको सरसफाइसम्बन्धी ११ बुँदे घोषणापत्रमा कर्मचारी तथा राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताको घरमा अनिवार्य चर्पी हुनुपर्ने उल्लेख गरिएको छ।

Sunday, July 25

हाम्रा हरिया डांडा >>>>>

लेले, (ललितपुर) साउन ९-एक्साभेटर र डोजरको अति प्रयोगले ललितपुरका लेले र नल्लु गाविसका हरिया डाँडा बिस्तारै हराउँदै गएका छन्। आसपासका बस्ती कुरूप मात्र भएका छैनन्, वातावरणीय समस्यासमेत देखिएको छ। खानीले अनुमति पाएभन्दा धेरै उत्खनन गरिरहे पनि सरकारी अनुगमन निकाय चुपचाप छन्। ठाउँ ठाउँमा पहिरो गएको छ। नख्खु खोला मिचिएको छ भने पानीको साटो लेदो बगिररहेको छ।

Saturday, July 24

लोक गायक राजुको चाला>>>>

काठमाडौं, साउन ७
मदिरा सेवन गरी पसल तोडफोड गरेको अभियोगमा लोक गायक राजु परियार पक्राउ परेका छन्। बिहीबार बेलुका नयाँ बसपार्कमा रहेको पसल तोडफोड गरेको तथा पक्राउ गर्न गएका प्रहरीमाथि हातपात गरी भ्यान तोडफोड गरेको अभियोगमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले उनलाई पक्राउ गरेको हो।

Thursday, July 22

सभासद्द्वारा आत्महत्याको प्रयास

५ साउन, काठमाडौं ।
 नेकपा मालेकी सभासद् शारदा नेपालीले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन् ।प्रधानमन्त्रीको निर्वाचनका लागि व्यबस्थापिका संसद जुटिरहरको बेला बुधवार उनले विष सेवान गरेर आत्म हत्याको प्रयास गरेकी हुन् ।
अहिले उनको राजधानको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ । उनले विष सेवन गर्नुको कारण भने खुल्न सकेको छैन । नेपाली बर्दियाबाट मालेकी समानुपातिक सभासद् हुन् ।

Monday, July 12

बिश्वकप फाईनल खेलमा रमाउदै कोरियामा नेपालीहरु

रामु बस्याल,दोङ्देमून २७ असार
  साउथ अफ्रिकामा जारी बिश्वकप फाईनल खेल हेर्न   
कोरियामा रहेका नेपालीहरु आज दोङ्देमूनमा जम्मा भएका छन ।
यूरोपियन टिमहरु स्पेन र नेदरल्याण्दबिच कोरियन समयानुसार बिहान ३ बजे शुरु हुने खेल हेर्न ठाउठाउबाट सम्पूर्ण नेपलीहरु दोङ्देमूनमा जमघट हुने र कस्ले बिश्वकप जित्छ भनि बाजी लगाउने क्रम जारी छ।

अनिश्चितकालीन हड्ताल फिर्ता >>>>>

सुनसरी, अषाढ २७ 
पूर्वाञ्चल क्षेत्रीय रंगशाला इटहरीमै निर्माण गर्ने सरकारको निर्णयपछि स्थानीय वासिन्दाले सुरु गरेको अनिश्चितकालीन हड्तालसहितको आन्दोलन आइतबारदेखि स्थगित भएको छ ।वजेटमै प्रस्तावित गरेपनि सुनसरी जिल्ला भनी स्थान नतोक्दा बिवाद भएपछि इटहरीसहित धरान र इनरुवासमेतले योजना माग्दै आन्दोलन सुरु गरेका थिए ।

Saturday, July 10

साउन ३० गते राजधानी नाकाबन्दी >>>>

चितवन, असार २५
 नयाँ सरकार गठनमा दलहरुले सहमति जुटाउन नसके आफूहरुको नेतृत्वमा सरकार गठन गर्न आदिवासी जनजातिले माग गरेका छन्। उनीहरुले संविधानमा आफ्नो अधिकार सुनिश्चित गराउन साउन ३० गते राजधानी नाकाबन्दीको कार्यक्रम समेत घोषणा गरेका छन्। चितवनको सौराहामा देशभरबाट जम्मा भएका आदिवासी जनजातीको राष्ट्रिय भेलाले आदिवासी जनजातिहरुको अधिकार

बस दुर्घटनामा ७ को मृत्यु>>>>

वीरगन्ज, असार २५-
 काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ गइरहेको यात्रुबाहक बस शुक्रबार साँढे ४ बजे पथलैया-निजगढ खण्डको १४ किलोमा पल्टँदा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट,चन्द्गनिगाहपुरकी चन्द्रकुमारी कार्की,राउत तथा ठेगान नखुलेका कन्हैया हरिजन छन्। अन्य तीनको सनाखत हुन सकेको छैन। दुई जनाको घटनास्थलमै,चार जनाको उपचारका क्रममा निजगढमा र एकको वीरगञ्जमा

Friday, July 9

अपहरित डाक्टर १६ दिनसम्म उपत्यकामै>>>>>>

धरौटीमा छाडिएको आपराधिक गिरोह संलग्न-

केपी ढुंगाना, काठमाडौं, असार २५- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरणकारीले १६ दिनसम्म काठमाडौंमै राखेको तथ्य प्रहरीले फेला पारेको छ। अपहरणको डेढ महिनापछि बिहीबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा जेठ ५ देखि २१ साँझसम्म श्रेष्ठलाई सामाखुसी र चन्डोलमा राखिएको उल्लेख छ।अपहरणकारीले उनलाई प्रहरी प्रधान कार्यालयको पाँच सय मिटर वरपर राखेको सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार अपहरणको दोस्रो दिन भारतीय नम्बर

Wednesday, July 7

जता भीड, उतै मोबाइल टावर

काठमाडौं, असार २३- धेरै भीडभाड भएको ठाउँ वरिपरि मोबाइल टेलिफोनबाट कुराकानी हुनसक्नु भनेको ठूलो जीत हात लागे सरह हुन्छ। अझ जुलुश र आमसभा भएको ठाउँमा टेलिफोन लाग्दै लाग्दैन। लागिहाले पनि कुराकानी नबुझिने, बीचमै काटिनु सामान्य भैसकेको छ।

Tuesday, July 6

एक महिनामा ३४ पटक बन्द/हड्ताल, २१३ मोटरसाइकल चोरिए >>>>

काठमाडौं, असार २१ (नागरिक)
 जेठमा मात्र देशभर ३४ पटक बन्द हडताल भएका छन्। यसैगरी धर्नाका घटना ४८ वटा, तालाबन्दी ४३ वटा, चक्काजाम ५७ वटा र विरोध जुलुस १ सय ३५ पटक भएको जानकारी प्रहरीले दिएको छ। त्यसैगरी यही महिनामा २ सय १३ मोटरसाइकल हराए। प्रहरी प्रधान कार्यालयलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यो महिनामा सबैभन्दा बढी बन्द/हडताल

Monday, July 5

दोलखामा नकाप धारी लुटेरा>>>>>

चरिकोट, असार २१-
दोलखाको भिमेश्वर नगरपालिका १३ साखिनेस्थित एक घरमा लुटपाट गर्न गएको अज्ञात नकाबधारी समूहले गएराति एकै घरका चार जनालाई छुरी प्रहार गरी घाइते बनाएको छ। भिनपा १३ स्थित माने नजिक रहेको शान्तिमाया तमाङको घरमा लुटपाट गर्न गएको नकाबधारीको समूहले शान्तिमाया, उनकी १७ वर्षीया छोरी बिष्णुमाया, र सासु ७० वर्षीया कान्छिमाया र कान्छी छोरी १५ वर्षीया बिनु तमाङलाई

श्रीमतीको मन पगाल्ने तरिका>>>>

- कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस्
- हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा
 सर्‍याइदिनूस् ।
- आफ्ना साथीभाइसित
परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।


बस दुर्घटनामा २४ बढी घाइते


भक्तपुर, असार २० 
 तेलकोट बाट काठमाण्डौ जाँदै गरेको बा २ ख ४६६२ नम्बरको यात्रु बाहक बस भक्तपुरको खरिपाटी स्थित लप्टन डाडाँमा दुर्घटना भएको छ।यात्रुले भरिएको बस सडकबाट १०० फिट तल भिरमा खस्दा २४ भन्दा बढी यात्रु घाइते भएका छन्। घाइते मध्ये ९ जना गम्भिर छन्। गम्भिर भएकाहरुलाइ बि एण्ड बि तथा काठमाण्डौ मेडिकल शिक्षण अस्पताल लगिएको छ।गम्भिर घाइते हुनेमा तेलकोटका स्थानीय संगिता गैतम, सानुबावु लामिछाने

एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या

महेन्द्रनगर, असार २०
 एसएलसीमा अनुत्तीर्ण भएपछि यहाँकी एक छात्राले आत्महत्या गरेकी छिन्। महेन्द्रनगर उच्च माविबाट परीक्षा दिएकी भीमदत्त नगरपालिका–१८ की १६ वर्षीया सरोज जोशीले शनिबार आत्महत्या गरेको प्रहरीले जनाएको छ।शुक्रबार साँझ परीक्षाफल प्रकाशित भए पनि जोशीले शनिबार दिउसोमात्र थाहा पाएकी थिइन्। दिनभर तनावमा रहेकी उनले सल्फास खाएकी थिइन्। तर उनका परिवारजनले सल्फास खाएको ढिला थाहा पाएका थिए। उनको उपचारका क्रममा भारतको खटिमामा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। 

Saturday, July 3

बियरपारखीले एक/दुई लिटर होइन

काठमाडौं, असार १९ (नागरिक)
बियरपारखीले एक/दुई लिटर होइन, अब पाँच लिटरको क्यानमा बियर किन्न पाउने भएका छन्। बहुराष्ट्रिय कम्पनी हेनकेन होल्डिङस्ले उत्पादन गरेको पाँच लिटरको क्यान बियर स्थानीय बजारमा भित्रिएको छ।हेनकेनका लागि नेपालस्थित आधिकारिक बिक्रेता भिक्टर इन्टरनेसनलले 'ड्राउट हेनकेन' ब्रान्डको यो बियर हल्यान्डबाट आयात गरेर स्थानीय बजारमा ल्याएको हो।'कम्पनीले पहिलेभन्दा फरक प्याकमा हेनकेन बियर बजारमा ल्याएको जनाएको छ।

पाँच पटकको विश्वकप विजेता ब्राजिल


जोहानसवर्ग- पाँच पटकको विश्वकप विजेता ब्राजिललाई नेदरल्यान्डसले २-१ ले पराजित गर्दै क्वार्टर फाइनलबाटै घर फर्काइदिएको छ। ६८ औँ मिनेटमा कर्नर किकबाट आएको बललाई हेड गर्दै वेस्ली स्नाइडरले नेदरल्यान्डसको लागि विजयी गोल गरे। यसअघि १० औँ मिनेटमा नै रबिन्होको गोलको मद्दतबाट ब्राजिल १ गोलले अघि बढेको थियो। तर ५३ औँ मिनेटमा फेलिपे मेलोको आत्मघाती गोलका कारण नेदरल्यान्डसले बराबरी गर्‍यो। 

Wednesday, June 30

संखुवासभामा पहिरो>>>>


धनकुटा, असार १५- संखुवासभाको सिसुवाखोला गाविसको वडा नः ४, ५ र ६ मा गएको पहिरोमा परी ५६ घरका २८० जना विस्थापित भएका छन्। मंगलबार दिउसोदेखि जान थालेको पहिरोले १२ घर बगाएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी राजीव पोखरेलले बताए।विस्थापितहरु नजिकैको गाउँमा बसीरहेका छन्। गाउँमाथिबाट आएको पहिरोले कर्ण राई र हर्कबहादुर राई ५ वटा गाई समेत बगाएको छ। दिउसो पहिरो गएकाले मानवीय क्षति भने भएको छैन।

माओवादी नेतालाई यस्तो भिसा >>>>>>>

काठमाडौं, असार १५- एकीकृत माओवादी पोलिट्ब्युरो सदस्य अग्नि सापकोटाको प्रवेशाज्ञा पाएर पनि अमेरिका उड्न नपाएको खुलासा भएको छ। सापकोटालाई अमेरिकी दुतावासले असाढ १० मा दिएको 'जे वान' भीसाको म्याद असोज ७ मा सकिने देखिएको छ।काठमाडौंस्थित अमेरिकी दूताबासले 'मानवअधिकार उल्लंघनको अभियोग लागेकाले सफाइ नपाउँदै भीसा दिनु अनुपयुक्त' प्रेस विज्ञप्तिमार्फत जनाएको थियो।


Sunday, June 27

उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला

काठमाडौं, असार १३ (नागरिक)
 उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार स्वीकार गर्न सकिने बताएकी छन्। 'दाहालको नेतृत्व स्विकार्न सकिन्छ,' युएईको भ्रमण सकेर शनिबार काठमाडौं आएकी नेतृ कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भनिन्, 'त्यसका लागि वाइसिएलको अर्धसैनिक संरचना र कब्जा सम्पत्ति

हिन्दू नेताको गोली हानी हत्या

वीरगन्ज, असार १२ (नागरिक)
हिन्दू राष्ट्रिय युवा सङ्घका अध्यक्ष काशीनाथ तिवारीको गोली हानी हत्या गरिएको छ। वीरगन्ज उपमहानगरपालिका-१३ अज्ञात व्यक्तिले गोली हानेपछि उनलाई नारायणी अस्पताल लगिएको थियो। उनको त्यहीँ मृत्यु भएको हो। उनलाई तीन गोली हानिएको थियो।मोटरसाइकलमा आएका व्यक्तिले गोली हाने पनि उनीहरुको पहिचान हुन सकेको छैन। पटक पटकको आपराधिक घटनापछि वीरगन्त्रका बासिन्दा त्रसित भएका छन्।

Saturday, June 26

पाल्पा-बुटवल सडक अबरुद्ध

पाल्पा, असार १२
 शुक्रबार रातिदेखि पाल्पा-बुटवल सडक खण्ड अवरुद्ध बनेको छ। अविरल बर्षाका कारण शिद्धबाबामा पहिरो खसेपछि यातायत बन्द हुँदा सयौं यात्रु मर्कामा परेका छन्। पहिरोले यातायात बन्द हुँदा पाल्पा, स्याङ्जा, गुल्मी र अर्घाखाँचीबाट छुटेका सयौं सवारी साधन १२ घण्टादेखि पाल्पाको दोभान क्षेत्रमा रोकिएका दोभान प्रहरीले जनाएको छ। बुटवल तर्फबाट छुटेका सावारी पनि चिडिया खोलामा बाटो खुल्ने आसमा लाम लागेर बसेका छन्। पानी पर्न नरोकिएकाले पहिरो खस्नेक्रम नरोकिएकोले बाटो खुलाउन केहि समय लाग्ने ट्राफिक कार्यालय पाल्पाले जनाएको छ।

Friday, June 25

चोरीका गाडी

नेपालगन्ज, असार ११

 पछिल्लो समयमा चोरीका गाडी पक्राउ पर्ने क्रम बढेपछि नेपालगन्ज भन्सार कार्यालयलाई त्यस्ता सवारी साधन लिलाम गर्न भ्याइनभ्याइ छ।गत फागुनमा २८ मोटरसाइकल र एउटा सेन्ट्रो कार लिलामी गरेको उक्त कार्यालयले बुधबार १७ गाडी र ११ मोटरसाइकल फेरि लिलामी गरेको थियो। पछिल्लो पटक लिलामी गरिएका सबै सवारी साधन फागुनयता पक्राउ परेका हुन्।

रेल दुर्घटनामा चारको मृत्यु

वीरगन्ज (पर्सा), असार ११ 

 वीरगन्जको सीमावर्ती सहर भारतको रक्सौलमा बिहीबार भएको रेल दुर्घटनामा चारजना भारतीयको मृत्यु भएको छ। नेपाली घाइते भएका छन्।दुर्घटनामा चार नेपाली सहित एक सयभन्दा बढी घाइते भएका छन्। घाइते हुने नेपालीहरुमा पर्सा जिल्ला सेढवा गाविस वडा नं. ८ निवासी शिवशङ्कर साह, बारा जिल्ला निवासी महम्मद अताउनल हक, बुद्धिराम र महम्मद मुस्तकिम रहेका छन्। नरकटियागन्जबाट घोडासनका लागि

२०० किलो चरेससहित गिरोह समातिए

काठमाडौं,१० असार :
अन्तर्राष्ट्रियस्तरमा चरेसको कारोबार गर्ने गिरोहलाई दुई सय किलो चरेससहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गिरोहबाट तीन वर्षयताकै सबैभन्दा ठूलो परिमाणमा चरेस बरामद गरेको हो । लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइले राजधानीबाट सोमबार पक्राउ गरेका गिरोहका ६ जनालाई बुधबार सार्वजनिक गरिएको छ । इकाइको 'विशेष अप्रेसन'

हरेस खाएका छैन उत्तर कोरिया


असार १०
स्थानीय किंगवान्चा टोलीका खेलाडीले सोमबार सरकारी टेलिभिजनमा उक्त खेलको प्रत्यक्ष प्रसारण हेरेका थिए। उनीहरूले आफ्नो टोलीको निराशाजनक पराजयबाट हरेस खाएका छैनन्।उत्तर कोरियाले पाएको ७–० अन्तरको पराजय सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकप फुटबलमा जर्मनीले साउदी अरेबियामाथि पाएको ८–० को विजयपछि ठूलो एकतर्फी खेल थियो।उक्त पराजयले दोस्रो चरणमा पुग्ने उत्तर कोरियाको चाहनालाई धरासायी पारेको थियो।एउटा साथी फुटबल खेलाडी भएको नाताले

Thursday, June 24

गोली चल्यो

काठमाडौं, असार १० 
काठमाडौंको मैतीदेवी मन्दिरको पूर्वपट्टि आज बिहान सवा दश बजे गोली चलेको छ।कालो रङको पल्सर मोटरसाइकलमा आएका दुईजना व्यक्तिले भरतपुर १० घर भई हाल मैतीदेवीमा बस्दैआएका विष्णु पाण्डेलाई ताकेर गोली हानेका थिए।मोटरसाइकलमा आएका ती व्यक्ति को थिए र किन पाण्डेलाई गोली हानिएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ। गोली लाग्नबाट बचेका>>>>



मोटरसाइकल दुर्घटना

दाङ असार १० 
दाङमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन्।दाङको तुलसीपुरबाट सितलपुर तर्फ जाँदै गरेको रा १ प ५४९० नम्वरको मोटरसाईकल टरीगाउँ १ मा बुधबार राति पल्टिदा मोटरसाईकलमा सवार दाङ देउखुरीका तेजबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाईकल दुर्घटनामा परी घाईते भएका केसीको उपचारका

गोली प्रहारबाट दम्पतीको हत्या


 बुटवल, असार ९
 गोली प्रहारबाट बुटवलको संगमपथमा व्यवसायी दम्पती हत्या भएको छ। भण्डारी गल्ला स्टोरका मालिक रमेश भण्डारी तथा उनकी श्रीमती आशाको गोली हानी हत्या भएको हो। कालो पल्सर चढी आएका मधेसी मूलका दुई तथा पैदल आएका अर्का एकले गोली चलाएको प्रहरीले जनाएको छ। गोली लाग्नासाथ आशाको घटनास्थलमै मृत्यु भएको थियो। उनको कोखा र छातिमा गोली लागेको छ। रमेशको घाटीमा दुई गोली लागेका छन्।

Wednesday, June 23

राजिनामा नआए माओवादीले बजेट र नीति-कार्यक्रम

काठमाडौं, असार ८ (नागरिक)
माओवादी नेता नारायणकाजीले प्रधान मन्त्रीको राजिनामा नआएमा सदन सङ्घर्ष चर्काउने बताएका छन्। गत मङ्गलबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी पोलिटब्युरो बैठकका बीच सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- सरकारको बजेट तथा नीति-कार्यक्रम पनि ल्याउन दिइँदैन।उनले माओवादीभित्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद गलत भएको दाबी गर्दै संविधानसभाको ठूलो दलको हैसियतले माओवादी नेतृत्वमै सरकार गठन हुनुपर्ने दाबी पनि दोहोर्‍याए।बैठकमा बोल्ने क्रम आज सकिने जानकारी दिइएको छ।


उरुग्वे र मेक्सिको अन्तिम् १६मा प्रवेश

काठमाडौ, अषाढ ८

 दक्षिण अफ्रिकामा भइरहेको विश्व कप फुटवल २०१० मा समुह 'ए' बाट उरुग्वे र मेक्सिकोले अन्तिम् १६मा प्रवेश पाएका छन् ।मंगलबार साँझ भएको खेलमा उरुग्वेले मेक्सिकोलाई १ का बिरुद्ध सुन्य गोलले पराजित गरेपछि यि दुइ टिम अन्तिम् १६ मा प्रवेशगरेका हुन् ।उही समयमा भएको अर्को खेलमा दक्षिण अफ्रिकाले फ्रान्सलाई २ का विरुद्ध १ गोल अन्तरमा पराजित गरेपनि आयोजक राष्ट्रले अन्तिम् १६मा प्रवेश गर्न सकेन । समुह 'ए' मा उरुग्वे, मेक्सिको, दक्षिण अफ्रिका र फ्रान्स थियो ।

Tuesday, June 22

देशभन्दा ठूलो

जोहानसबर्ग – विश्वकपमा सहभागी कतिपय खेलाडीको नागरिकता र मूल राष्ट्र पत्ता लगाउन त्यति सजिलो छैन। कसैको जन्म एउटा देशमा भएको छ भने पासपोर्ट अर्को देशको हुन्छ। उ खेलिरहेको भने अर्कै देशका लागि हुन्छ।फुटबलर बोटेङ्ग दाजुभाइमा एक जर्मनीका लागि खेल्छन् भने अर्का घानाबाट। अल्जेरियाका हसन सेबदाले फ्रान्सलाई

सवारी ठोक्किदा दुईजनाको मृत्यु



हेटौंडा ,असार ८
 हेटौँडाको थानाभर्‍याङमा मङ्गलबार दुईवटा सवारी ठोक्किदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा २४ भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ। वीरगञ्जबाट चितवन जाँदै गरेको ना. २ ख २४७४ नम्बरको वसलाई नम्बर नखुलेको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।सो दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन । गम्भिर घाईतेभएका चार जनालाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।अन्यकोभने स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Monday, June 21

भीषण वर्षाबाट डेढ सयको मृत्यु



हङकङ, असार ६
 दक्षिण चीनमा आएको बाढी–पहिरोमा परी आइतबार बिहानसम्म १ सय ३२ जनाको मृत्यु भएको छ भने पहिरोमा परेका दुई दर्जनसहित ८६ जना हराइरहेका छन्।  एक सातापहिले सुरु भएको भारी वर्षाले दुई लाख असी हजार मानिस प्रभावित भएको बाढी नियन्त्रण तथा राहत वितरण कार्यालयले जनाएको छ।बाढीबाट दक्षिण चीनका फुजियान, हुनानलगायत् नौ वटा प्रान्त प्रभावित भएका छन्। सरकारी अधिकारीलाई उद्धृत गर्दै

पैसा लिएर मेनपावर सञ्चालक फरार


इटहरी, असार ५
 वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै इटहरीको एक मेनपावर सञ्चालक १ सयभन्दा बढी युवाबाट पैसा लिएर फरार भएका छन्। रोज ओभरसिज प्रालिका सञ्चालक जिङ्मी शेर्पाले 'प्रोसेसिङ' खर्च भन्दै जनही २५ हजार रुपैयाँ लिएका थिए। भिसा आएपछि बाँकी रकम तिर्ने सर्तमा युवाले 'प्रोसेसिङ' खर्च बुझाएर चार महिनाअघिदेखि ताकेता गरेकोमा एक सातादेखि सञ्चालक शेर्पा फरार भएको पीडित ताप्लेजुङnagrik

Sunday, June 20

मनिषाको धुमधाम बिहे

 काठमाडौं, असार ५


 'गोकर्ण फरेस्ट रिसोर्टमा मेरो कोठाको झ्याल ठूलो रहेछ। पर्दा खोल्नेबित्तिकै मैले सिंगारपटार गरेकी मनिषालाई बेहुलीका रूपमा देखेँ।' बलिउड अभिनेत्री मनिषा कोइरालाको विवाह समारोहमा भाग लिन भारतबाट आएका एक सहभागीले शुक्रबार नागरिकसँग भने, 'उनी बिछट्टै राम्री देखिएकी थिइन्।' शुक्रबार मनिषाको सिंगारपटार स्वयम्बरका लागि थियो, सम्राट दाहालसँग। विवाह आज हुँदैछ, गोकर्ण रिसोर्टमै nagrik।

Wednesday, June 16

प्रधानमन्त्री नेपाल राजीनामा दिने

काठमाडौं, असार १

 सभामुख सुवासचन्द्र नेम्बाङले जति तारताकेता गरे पनि प्रधानमन्त्री माधवकुमार नेपालले बजेट अधिवेशन बोलाउन सकेका छैनन्। निकट स्रोतका अनुसार, उनी आफैं राजीनामाको मनस्थितिमा पुगिसकेका छन्। प्रधानमन्त्री नेपालले सोमबार आफ्नो गठबन्धनका १५ दल (कांग्रेस-एमालेबाहेक) सँग परामर्श गर्दा मधेशी दलहरूसहितले असार १० गते अधिवेशन आह्वान गर्न सुझाव दिए। सभामुख नेम्बाङले भने ५ गतेसम्म आह्वान नगरे बजेट पारित गर्ने आवश्यक प्रक्रिया पूरा गर्न नसकिने चेतावनी दिएका छन्। 

कोरियाको सपना बोकेर टन्टलापुर घाममा

 काठमाडौँ, असार १

 टेकुदेखि नै सवारी साधन जाममा परेका छन्। दशरथ रंगशालाको मूलगेटको दायाँ पट्टी शहिदगेट जाने बाटोतर्फ आँखाले नभ्याउने गरी र बायाँ पट्टी थापाथली जाने बाटोतर्फ आँखाले नभ्याउने गरी सयौँको भीड छ। अहँ, रंगशालामा कुनै खेल हुँदैछैन। न विश्वकपको कुनै खेल यहाँ देखाउने व्यवस्था हुन लागेको हो। यी युवायुवतीको आँखामा कोरियाको सपना छ, पैसा कमाएर सुखी जीवन बिताउने आकांक्षा छ। असार महिनाको टन्टलापुर घाममा उभिएर बसेका उनीहरुको दुःखको क्रम यहाँ सुरु मात्रै हुन लागेको हो, अन्त्य अन्त्यहीन छ।

Tuesday, June 15

मनिषाको विहे



 काठमाडौं, जेठ ३१


 अभिनेत्री मनिषा कोइरालाको बिहे नेपाली परम्परालाई पछ्याएर गरिने उनका अभिभावकले बताएका छन्। 'बाजासमेत परम्परागत हुनेछ,' पिता प्रकाश कोइरालाले आइतबार नागरिकलाई भने,'सकभर सबै प्रकृया नेपाली हिसाबले पुरा गर्ने योजना बनाएका छौं।'प्रजातन्त्रवादी राजनेता बिपि कोइरालाकी नातिनी एवं मुम्बइ फिल्म उद्योगकी अभिनेत्री मनिषा कोइराला यसै शुक्रबार व्यापारी सम्राट दहालसँग विवाहबन्धनमा बाँधिदै छिन्। गोकर्णमा आयोजना हुने वैवाहिक समारोहको दुई दिनपछि सोल्टी होटलमा भोजको आयोजना गर्न लागिएको जानकारीसमेत प्रकाशले दिए।


आजदेखि हप्ताको ५४ घण्टा लोडसेडिङ

हेटौंडा, जेठ ३१

 लोडसेडिङ धान्नका लागि अत्यन्त महत्वपूर्ण मानिएको मकवानपुरको कुलेखानी जलविद्युत आयोजनामा विद्युत उत्पादन बन्द हुँदा थप लोडसेडिङको मार थपिने भएको छ। आयोजनाले विद्युत उत्पादन बन्द गरेपछि विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर हप्ताको ५४ घण्टा पुर्‍याएको छ।सोमबारदेखि चारदिनसम्म दिनको तीन/तीन घण्टाका दरले तीनपटक र तीनदिनसम्म दिनको ६ घण्टाको दरले लोडसेडिङ हुने विधुत प्राधिकरण भार प्रेषण केन्द्रका इन्चार्ज शेरसिंह भाटले जानकारी दिए।


कामदारको रहस्यमय मृत्यु, निवास तोडफोड, बुटवल तनावमा

बुटवल, जेठ ३१
 लुम्विनी अञ्चल अस्पतालमा कार्यरत डा. रमेशमान सिंहका घरेलु कामदार १४ वर्षीय सुवास चौधरीको रहस्यमय मृत्यु भएपछि सोमबार बुटवलमा तनाव भएको छ। स्थानीय र पीडित परिवारले डक्टर परिवारले यातना दिएर हत्या गरेको भन्दै नाराबाजी र डा. निवासमा तोडफोडसमेत गरे। तोडफोडका क्रममा उत्तेजित भीडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनलाई पक्राउ गरेको छ। बुटवल वडा नं. १० स्थित कुसुमपथमा रहेको डा. सिंहको निवासमा आक्रोशित स्थानीयले ढुङ्गा प्रहार गर्दा घरको झ्यालका शिशा फुटेका छन्।  प्रदर्शनकारी र प्रहरीबीचको झडपमा तीन प्रहरीसहित एक दर्जन घाइते भएका छन्।

Monday, June 14

पोखरा-दिल्ली बस सातामा छ दिन


पोखरा, जेठ ३०
 मोडर्न एरा टुर्स एन्ड ट्राभल्सले सातामा छ दिन पोखरा-नयाँदिल्ली सिधा बस सञ्चालन गर्ने भएको छ। हाल यसले यो रुटमा सातामा तीन दिन बस चलाइरहेको छ।नेपाल पर्यटन वर्ष २०११ मा बढ्न सक्ने भारतीय पर्यटक लक्ष्य गरी सेवा विस्तार गर्न लागेको कम्पनीले जनाएको छ। मोडर्नले अहिले साताका सोमबार, बुधबार र शुक्रबार पोखरा-दिल्ली तथा आइतबार, बुधबार र शुक्रबार दिल्ली-पोखरा बस चलाइरहेको छ। आगामी साउनदेखि सेवा विस्तार गरी दोब्बर पुर्‍याउने मोडर्नका कार्यालय प्रमुख टिका भण्डारीले बताए।

Friday, June 11

कोठी साधारण नहुन पनि सक्छ

 डा. सुपर केसी
कन्सल्टेन्ट चर्मरोग विशेषज्ञ




मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई र्सवसाधारणले कोठी भनेर बुझ्ने गरेको पाइन्छ, तर यस्ता सबै दानाहरु कोठी नहुन पनि सक्छन् । हामीले बुझ्ने कोठी भनेको छालालाई रंग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अंग्रेजीमा मोल (Mole) वा निभ्स (Nevus) भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ ।




नेपालमा पनि स्वाइनफ्लुको भ्याक्सिन आउने


नेपाल समाचारपत्र, (काठमाडौं), 
विश्व स्वास्थ्य संगठनले जुन ११ सन् २००९ मा स्वाइनफ्लु अर्थात् एचवान एनवान भाइरसलाई महामारीको घोषणा गरेको केही समय बित्न नपाउँदै नेपालमा पनि एचवान एनवानका तीन जना बिरामी फेला परेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा साचार केन्द्रले जनाएको थियो। विश्व स्वास्थ्य संगठनले गत वर्ष जुन ११ मा एचवान एनवान महामारी घोषणा गर्दै सबै राष्ट्रका जनतालाई उच्च सतर्कता अपनाउनसमेत सचेत गरेको लगत्तै नेपालमा पनि स्वाइनफ्लु अर्थात्

डेन्जर मोबाइल>>>>>>>>>>>>

चितवन (रत्ननगर), जेठ २७
 'चार्ज' भइरहेको मोबाइलमा फोन उठाउन खोज्दा भरतपुरमा बिहीबार एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। सुरेन्द्र वर्कशप पोखरा बसपार्कमा काम गर्दै आएका कुमरोज– १ का २५ वर्षीय माइला विकको करेन्ट लागेर ज्यान गएको हो।करेन्ट लागेर गम्भीर भएका विकको उपचारका लागि चितवन शिक्षण अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। 
- रासस

अनौठो रोग, पढाइ प्रभावित

समुन्द्र पौडेल, तनहुँ, जेठ २७ nagrik
 गोरखाको आरुअर्वाङ्गको कल्लेरीस्थित इन्द्रकन्न्या माध्यमिक विद्यालयका छात्रामा एक सातादेखि अनौठो रोग देखा परेको छ। पढाइरहेका बेला अचानक रुने, चिच्याउने, अश्लिल शब्द बोल्ने र बेहोश हुने समस्या देखिएको शिक्षक राजकुमार लामाले बताए। एक साताको अवधिमा १६ जना छात्रामा यस्तो समस्या देखापरेको उनले बताए। अचानक बेहोश भएका छात्राले होशमा आएपछि जथाभावी दौडने, ढुङ्गा र हतियारले विद्यार्थी र शिक्षकलाई हिर्काउने जस्ता व्यवहार गर्न थालेपछि पठनपाठन प्रभावित भएको

Thursday, June 10

सुन तोलाको ३६ हजार नाघ्यो




काठमाडौं, जेठ २६ (नागरिक)-
 अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपालमा पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। मंगलबार सुनको कारोबार सकिँदा प्रतितोला ३६ हजार २ सय पुगेको छ। सोमबार कारोबार सकिँदा ३६ हजार ५० रुपैयाँ थियो।युरोपियन युनियनमा आर्थिक संकट परेपछि एकाएक सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जनाए।

Friday, June 4

तीन दलले भने तत्काल राजीनामा दिन्छुः प्रम नेपाल

(काठमाडौं)जेठ २०
 प्रमुख तीन राजनीतिक दलबीच भएको तीनबुँदे सहमतिका बारेमा दलहरूबीच भइरहेको फरक-फरक व्याख्यालाई एकीकृत गरी यथाशीघ्र सहमति गर्न तीव्र गृहकार्य प्रारम्भ भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूको बुधबार संविधानसभा भवनमा बसेको बैठकमा सहमति र सहकार्य बेगर अगाडि बढ्नुको विकल्प नभएकाले यथाशीघ्र सहमतिको यात्रा तय गर्ने कुरामा सबैको एकमत देखिएको भए पनि तीनबुँदे सहमतिअर्न्तर्गत माओवादीले प्रधानमन्त्रीको राजीनामा आइहाल्नुपर्ने धारणा दोहोर्याएको

Monday, May 31

कब्जा गरीएका घर गोठ विक्रि>>>>>


लमही १६ जेठ
एकिकृत नेकपा माओवादीले १२ वुदे सहमति देखी हाल सम्म भएका सवै सहमती पालना गर्न सहमत देखीएकै भोलि पल्ट माओवादीले देउखुरीमा कब्जा गरेको खिमवहादुर शाहाको घर गोठ विक्रि गरेका छन। माओवादीले पार्टिको निर्देशन र निर्णय भएको भन्दै आफ्ना नजिकका कार्यकर्ता लाई चार कोठा वढिको काठै काठले भरीएको चार कोठे गोठ ६५ हजारमा बिक्रि गरेका छन। साथै माओवादीले कब्जा गरीएको जग्गामा आफ्ना अनुकुलका मान्छेहरुलाई वितरण गरेको रहस्य खुलेको छ। माओवादीले भने खिमबहादुर शाहकि छोरी अनिता शाहासग भएको सहमतिका आधारमा काम भएको प्रतिकृया दिएको छ। आईतवार विक्रि गरेको घर गोठ भत्कायर लैजाने क्रममा सोनपुर–७ रनियापुरका स्थानिय वासिन्दाले त्यसो प्रतिकार गरेका छन।

Sunday, May 30

मनीषा बलिउडले नपत्याएपछि कलिउडमा

दर्जनौंपटक नेपाली फिल्ममा काम गर्ने इच्छा भएको तर समय वा अन्य यस्तै कुरा नमिलेकाले फेरि नेपाली फिल्म खेल्न नपाएको बताउँदै आए पनि अन्ततः बलिउड चलचित्र उद्योगले माया मारेपछि मनीषा कोइरालालाई दुइ दशकपछि पुनः स्वदेशी पर्दामा हर्ेन पाइने भएको छ । आजभन्दा ठीक दुइ दशकअघि तत्कालीन नायक प्रकाश अधिकारीकी नायिका बनेर चलचित्र फेरि भेटौंलामा देखिएकी बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइराला त्यसपछि हालसम्म नेपाली पर्दामा देखिएकी थिइनन् ।

go up