Tuesday, March 16

पुरानो जुत्ता पनि लगाउन नपाइने भयो भन्छन यी प्रहरी दाई

सप्तरी, १ चैत
पुरानो जुत्ता लगाएको आरोपमा एकजना ट्राफिक प्रहरी हवल्दारलाई आइतबार साढे दुई घन्टा थुनामा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुवनेश्वर साहले ट्राफिक हवल्दार रसीलाल यादवलाई थुनामा राखेका हुन् 

नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गरी हवल्दार यादवले आफूलाई प्रहरी निरीक्षक साहले पुरानो जुत्ता किन लगाइस् भन्दै घोक्रयाएर अपराधी थुन्ने कोठामा राखेको बताए । विगत आठ वर्षदेखि स्केल नपाएकाले आफ्नै पैसाले किनेको जुत्ता पुरानो भइसकेको बताइरहँदा पनि अपराधीलाई जस्तै थुनेको यादवको भनाइ छ । सप्तरीको रामनगर कोदरकट्टी घर भई राजविराज ट्राफिक प्रहरी कार्यालयमा कार्यरत यादव ड्युटी बुझ्न जिल्ला प्रहरी कार्यालय पस्नेबित्तिकै गेटमा रहेका प्रहरी निरीक्षक साहले आफूलाई थुन्न लगाएको उनको आरोप छ ।
पत्रकार सम्मेलनमा यादवले कुनै गल्ती नगरे पनि थुनामा राखेर आफूलाई अन्याय गरेको बताउँदै न्याय दिलाइदिन सबैसँग आग्रह गरे । 'मैले गल्ती गरेकै भए पनि सजाय दिने निकाय ट्राफिक प्रहरी छ,' उनले भने, 'जनपद प्रहरीले विनाकारण मलाई दुःख दिएर अन्याय गर्‍यो ।' 

go up