Thursday, March 18

पुर्वप्रधानमन्त्री गिरिजाको स्वास्थ्यमा सुधार

काठमाडौ, चैत्र ३ - 
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा सुधार देखिएपछि उनलाई बुधबार 'डिस्चार्ज' गरिने भएको छ । कोइरालाले पटकपटक सोमबार नै घर र्फकने इच्छा प्रकट गरेका थिए । 

चिकित्सकहरूले स्वास्थ्यमा सन्तोषजनक सुधार भएको भन्दै बुधबारसम्म 'हेमोग्लोबिन' को मात्र दस ग्राम पुग्ने र त्यसपछि डिस्चार्ज गर्न सकिने बताएका छन् । मंगलबार हेमोग्लोबिनको मात्र ९ ग्राम पुगेको छ । 'भरे एक पि्रन्ट रगत दिएपछि भोलि -बुधबार) बिहानसम्म दस ग्राम हेमोग्लोबिन पुग्छ, १२ बजेतिर डिस्चार्ज गर्न सकिन्छ भनेर चिकित्सकहरूले भनेका छन्,' कोइरालाका एक सहयोगीले भने, 'उहाँको इच्छा चाँडै घर जाने भएकाले भोलि १२ बजेसम्म डिस्चार्ज गर्ने योजना छ ।

कोइरालालाई भेट्न मंगलबार दिनभर पनि अस्पतालमा भीड लागेको थियो । कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला र केन्द्रीय सदस्य कृष्ण सिटौलासँग कोइरालाले छोटो कुराकानी गरेका थिए । 

'पार्टीमा के भइरहेको छ ? अरू दलमा के के छ ? भनेर जिज्ञासा राख्नुभयो,' सिटौलाले भने, 'मैले हाम्रो दलको कार्यालयमा बिहान पदाधिकारी र केही केन्द्रीय सदस्यबीच भएको छलफलबारे छोटो जानकारी गराएँ ।' 'उहाँको चिन्ता नै शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अघि नबढेकोमा देखिएको छ,' उनले भने । कोइरालाले मंगलबार खाना, औषधि आफंै खान सुरु गरेका छन् । आइतबार रक्तअल्पताका कारण कमजोर भएर बोल्नसमेत नसकेपछि कोइरालालाई सहिद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो ।

go up