Saturday, March 13

दुर्गम गाउमा बिजुली




धादिङ, फाल्गुन २७ -
जिल्लाको उत्तरी गाउँ तिप्लिङ ९ को लिङ्जोमा मंगलबारबाट बिजुली बत्ती बलेको छ । कादुरीको १ करोड १० लाख ५ हजार ३८ रुपैयाँ लगानीमा लिङ्जो लघुजलविद्युत परियोजना निर्माण भएको हो । यस परियोजनाले स्थानीय ९४ परिवार लाभान्वित भएका छन् ।



गाउँमा बिजुली बत्ती बलेपछि उपभोक्ताले मेन्दोमाया, सेलोलगायत गीत गाएर नाचगान गरी आपसमा खुसी साटेका थिए । असोज २४ गतेबाट सुरु भएको परियोजना निर्माण गर्न स्थानीयवासीले एक घर बराबर ५२ दिनको जनश्रमदान गरेका थिए ।

go up