Saturday, March 27

सडकबाटै पनि संविधान घोषणा गर्न सकिने- माओवादी

बुटवल, चैत १३- एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले जेठ १४ मा संविधान घोषणा नभए सडकबाटै जनसंविधान घोषणा गर्ने गर्न सकिने बताएका छन्। उनले आफ्नो पार्टीलाई पाखा लगाएर मुलुक अगाडि नबढ्ने ठोकुवा पनि गरे।
 

अखिल क्रान्तिकारी, बुटवल बहुमुखी क्याम्पसले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन। 

सोही कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रामदीप आचार्यले शिक्षामा आमूल परिवर्तनको खाँचो औँल्याउँदै त्यसका लागि राज्य व्यवस्थामा परिवर्तन आवश्यक रहेको उल्लेख गरेका थिए।

क्रान्तिकारीका क्याम्पस इकाइ अध्यक्ष केशरबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा अनेरास्ववियुका वसन्त ढकाल, नेपाल विद्यार्थी सङ्घका मुक्ति पौडेल, नेपालक्रान्तिकारी विद्यार्थी सङ्घका लक्ष्मण श्रेष्ठ, अखिल एकीकृतका विष्णु पोखरेललगायतले तोकिएको मितिमा नै संविधान घोषणा हुनुपर्नेमा जोड दिएका थिए। 
- रासस

No comments:

go up