इटहरी ४ चैत्र
सनुसरीको दुहबिमा मङगलबार राति एक सुरक्षा गार्डको रहस्यमय ढङगले हत्या भएको छ ।
दुहबि ५मा स्थित अगरबत्ती उत्पादन गर्र्र्ने कस्तुरी एग्रो इन्डस्ष्ट्रिजमा कार्यरत् सुरक्षा गार्ड होमनाथ कोइरालाको मङगलबार राति डियुटीमा खटिएकै अवस्थामा फयाक्ट्रिमै हत्या भएको हो ।
झापाको गौरध घर भएका कोइराला बिगत ५ महिना सो फयाक्ट्रिमा काम गर्दै आएका थिए । फयाक्ट्रिको गोदाम भित्र मृत अवस्थामा फेला परेको कोइरालाको शरीर भरि चोट रहेको र बोकिराखेको लाइट समेत फुटेको हुदा उनको कसैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको छ ।
मङगलबार राति डयुटि परेको हुनाले डयुटि गरिरहेकै अवस्थामा उनलाई कसैले हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यलय दुहबिले ठहर गरेको छ । ४ जना सुरक्षा गार्ड रहेको सो फयाक्ट्रिमा गार्डहरुले नै रिसिवी साध्न कोइरालको हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ ।
यसैबीच घटनामा संलग्न भएको आशंकामा प्रहरीले सोहि फयाक्ट्रिमा कार्यरत् २ जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको जनाएको छ ।