Tuesday, March 16

कांग्रेसका सभापती एवं पुर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला अस्वस्थताका कारण अस्पताल भर्ना


काठमाडौ, चैत्र १ -

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई संक्रमण र रक्तअल्पताको समस्या देखिएपछि आइतबार साँझ सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ । 



कोइरालालाई कमजोरी महसुस हुनुका साथै छाती र पिसाबमा संक्रमण देखिएको छ । रगतमा 'हेमोग्लोबिन' को मात्रा कम देखिएपछि उपचारमा संलग्न प्रा.डा. जगदीशप्रसाद अग्रवाल, डा. मनबहादुर के.सी. र डा. अर्जुन कार्कीले आइतबार बिहान अस्पताल लैजाने निर्णय गरेका हुन् ।


भारतको अल इन्डिया इन्स्िटच्युट अफ मेडिकल साइन्सबाट आएका छाती रोग विशेषज्ञ प्रा.डा. रनदीप गुलरियाले पनि कोइरालालाई अस्पतालमै राखेर रगत दिनुका साथै संक्रमण घटाउनुपर्ने सुझाव दिएका थिए । सबै चिकित्सकको निर्णयपछि कोइरालालाई साँझ अस्पताल पुर्‍याइएको हो । प्रा.डा. गुलरियाले यसअघि पनि कोइरालाको उपचारमा सघाएका थिए । चिकित्सकका अनुसार रगतमा 'हेमोग्लोबिन' कम भए अक्सिजनको माग बढ्छ । रगत दिएपछि  सुधार आउने अपेक्षा छ ।

क्रनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज' -सीओपीडी) भएका कोइरालालाई पिसाबमा समेत संक्रमण भएकाले नशाबाट एन्टिबायोटिक दिइएको छ । पाको उमेर, फोक्सोको संक्रमणलगायत कारणले तीन वर्षयता उनले पटकपटक यस्ता जटिल परिस्थिति झेल्दै आएका छन् ।

go up