Thursday, March 18

तिव्बतियनहरु अदालतमा आउनुपर्ने आदेश

काठमाडौ, ४ चैत 

सर्वोच्च अदालतले चीन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी नजरवन्दमा राखेका  तीन जना तिव्वतीयन मुलका नागरिकलाई २४ घण्टाभित्र  अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तपवहादुर मगरको एकल इजलासले काठमाडौका प्रमुख जिल्ला अधिकारीको आदेशले २६ फागुनदेखि नजरवन्दमा राखिएका ती तीन जनालाइ महान्यायाधिवक्ता कार्यालय मार्फत २४ घण्टा भित्र वन्दीसहित उपस्थित हुन प्रहरीलाइ आदेश दिएको हो ।
वौद्धमा वस्दै आएका केल्साङ दोवुव, सोनाम द्योन्ढुप र सेरव द्योनढुपलाइ रेष्टुरेष्टमा खाना खाइरहेको अवस्थामा चिन विरोधी गतिविधिमा संलग्न रहेको भन्दै वैद्धवाट पक्राउ गरेको थियो ।
महानगरिय प्रहरी प्रभाग वैद्धका डिएसपी नेतृत्वको टोलीले उनीहरुलाइ पक्राउ गरी प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद ढकालको आदेशले महानगरिय प्रहरी परिसर हनुमान ढोकामा नजरवन्दमा राख्दै आएको छ ।
पक्राउ परेका केल्साङ वैद्ध गुम्वाका शिक्षक हुन भने सोनाम र सेरव स्थानिय व्राइट फ्रयुचर ओपन सकुलका शिक्षक हुन ।
पक्राउ पछि नजरवन्दमा राखिएका उनीहरुलाइ प्रहरीले सिधै हनुमानढोकामा लगेर राखेको छ ।
नजरवन्द विरुद्ध सर्वोच्चमा वन्दी प्रत्यक्षीकरणको रिट लिएर मंगलवार सर्वोच्च आएका उनीहरुका  आमा दिदी र वहिनीले पक्राउपछि आफुहरुसंग भेट गर्न समेत नदिएको वताए ।
चीन विरोधी गतिविधिमा संलग्न आरोप भनिएका उनीहरुलाइ नजरवन्दको आदेश दिदा त्यस्तो आदेश जारी गर्नुपर्ने कारणसमेत नखुलाइ राखिएको परिवारले दिएको वन्दीप्रत्यक्षीकरणको रिटमा उल्लेख छ ।
रिटमा सार्वजनिक सुरक्षा ऐन विपरित को अधिकार प्रयोग गरी प्रजिअले आदेश दिएको उललेख छ । सार्वजनिक सुरक्षा ऐन २०४६ को दफा चारको उपदफा ३.१ मा नजरवन्दको आदेश जारी गर्दा आदेश जार।ी गर्ने अधिकारीले आदेश जारी गर्नुपर्ने कारण र आधार खुलाउनु पर्ने व्यवस्था गरेको छ । तर उनीहरुलाइ दिएको नजरवन्दको आदेशमा त्यस्तो आधार र कारण समेत नखुलाइएको रिटमा जिकिर गरिएको छ ।
निवारक नजरवन्दमा राखिएका व्यक्तिलाइ थुनामा राख्न नपाइने कानुनी प्रावधान रहेको भन्दै अधिवक्ता हरि फुयालले छिमेकी राष्ट्रसंगको सम्वन्धको विषयमा नजरवन्दमा राख्ने आदेश गृहले मात्र दिन सक्ने वताए ।
वन्दीको रिटमा वहस गरेको फुयालले राजधानीसंग भने–‘नजरवन्दको आदेश थुनामा राख्न नभएर देश वाहिर जान मात्र प्रतिवन्ध लगाइने आदेश हो त्यसैले उनीहरुलाइ थुनामा राख्नु गैर कानुनी हो ।’
सार्वभौमसत्ता अखण्डता र सार्वजनिक शान्ति र व्यवस्थामा खलल पार्ने कार्य गरेमात्र निवारक नजरवन्दमा राख्न सकिने कानुनी प्रावधान भएपनि पक्राउ परेकाको हकमा आफन्तवाट दायर रिटमा उनीहरु कुनै यस्ता गतिविधिमा संलग्न नभएको दावी सहित र्गह मन्त्रालय, प्रजिअ, महानगरिय प्रहरी परिसर हनुमान ढोका र महानगरिय प्रहरी प्रभाग वौद्धलाइ विपक्षी वनाइ रिट दायर गरिएको थियो । 

go up