Tuesday, March 16

माओबादी सच्चेइ


नेपालगन्ज २ चैत

एमाले केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले एकीकृत माओवादीले आफूलाई सच्याएर एमालेलाई विश्वासमा लिन सके सरकारको नेतृत्व पनि दिनुपर्ने धारणा राखेका छन् । 

एमाले भ्रातृ संगठन युवा संघ नेपालद्वारा नेपालगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले सो अभिव्यक्ति दिएका हुन् । उनले विगतका सहमति र सम्झौतालाई अक्षरशः पालना गरे मात्र माओवादीलाई विश्वास गर्न सकिने स्पष्ट पारे । गौतमले भने ुमाओवादी सुधि्रएर आए सरकारको नेतृत्व माओवादीलाई दिन एमालॆ तयार छ तर सत्ता नेतृत्व लिन लुटिएका र कब्जा गरिएका सम्पत्ति फिर्ता गर्नुपर्छ संविधान अगाडि लडाकू व्यवस्थापन र पुनःस्थापन हुनुपर्नेछ ।ु

उनले शान्ति प्रकि्रयामा ल्याउन अहं भूमिका निर्वाह गरेको एमालेलाई माओवादीले गाली गर्नु माओवादीकै लागि घातक हुने तर्क गरे । उनले भने ुमाओवादीले व्यवहार सुधारेर जिम्मेवारी वहन गर्नेबित्तिकै गतिरोध अन्त्य हुन्छ ।ु
दिगो शान्ति र संविधानका लागि जनदबाब अभियानस्वरुप युवा संघ नेपालले आयोजना गरेको आमसभामा बोल्दै गृहमन्त्री भीम रावलले भने फरक धारणा राखे । सोही माचबाट उनले सरकारको नेतृत्व लिन अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्न माओवादीलाई चुनौती दिए । उनले भने ुव्यवस्थापिका संसद्मा माओवादीले सामान्य बहुमत पुर् याए एमाले सरकार छाड्न तयार छ पहिला बहुमत सिद्ध गर्नुहोस् ।ु एमाले उपाध्यक्ष गौतम माओवादीसँग सहमतिको पक्षमा देखिए पनि रावल आक्रामक थिए । 
एमालेका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री रावलले माओवादी संविधान निर्माणको काम छाडेर सरकार बनाउने र भत्काउने काममा उद्यत रहेको आरोप लगाए । तोकिएको समयमा संविधान निर्माण गर्न वर्तमान सरकार सक्षम रहेको दाबी गर्दै गृहमन्त्री रावलले माओवादीकै कारण संविधान निर्माणमा शंका उत्पन्न भइरहेको बताए । उनले माओवादी नै लडाकू पुनःस्थापना नगरी फर्जी लडाकू देखाएर राष्ट्रको ढुकुटी रित्याउन उद्यत रहेको दाबी गरे । 
उनले अघिल्लो सरकारको १० महिना र यो सरकारको १० महिनाबीच तुलना गरे हाल सुरक्षा स्थिति धेरै सुधि्रएको दाबी गरे । 
उद्योगी व्यापारीहरुको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल गठन गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक रहेको बताए । 
सभालाई केन्द्रीय सदस्य देवराज भार बाँकेका सभासद् एवं वैकल्पिक केन्द्रीय सदस्य दलबहादुर सुनार युवा इन्चार्ज अजम्बर राई काङबाङ बाँके जिल्ला अध्यक्ष नन्दलाल रोकायलगायतका वक्ताले सम्बोधन गरेका थिए । 

go up