Saturday, March 13

पास्कोईको नेताहरुलाई आग्रह



काठमाडौँ, फागुन २७ गते । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घको राजनीतिक मामिला हेर्ने उपमहासचिव बी. ल्यान पास्कोईले दुईवटा सेना रहिरहने अवस्था धेरै लामो समय रहन नहुने बताउँदै नेताहरूलाई सेना समायोजनका लागि गम्भीर र विश्वासिलो संवाद सुरु गर्न आग्रह गर्नुभएको छ ।







नेपाल पोलेसी एन्ड स्टडी सेन्टरलेे राजधानीमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विगतमा शान्तिप्रक्रियाका सुरुको अवस्थामा रहेको सौहार्दताको वातावरण बिगि्रएको र नेपाली नागरिक निराश भएको बताउनुभएको छ ।




देशको अर्थतन्त्र, राजनीतिक र संरचनामा माओवादी लडाकूहरूलाई वास्तविक खम्बाका रूपमा देशले लिनुपर्ने बताउँदै पास्कोईले केही लडाकूलाई सुरक्षाफौजमा समावेश गर्नु महìवपूर्ण र आत्मविश्वास अभिवृद्धिको एउटा माध्यम भएको उल्लेख गर्नुभयो ।
उहाँले नेपालस्थित राष्ट्रसङ्घीय मिसन -अनमिन)ले विगतमा भएका सम्झौताका आधारमा माओवादी लडाकूको सङ्ख्यासम्बन्धी जानकारी अति गोप्य भएको बताउनुभएको छ ।
उहाँले आˆना कमीकमजोरी ढाकछोप गरेर दोष अनमिनमाथि थुपार्न नमिल्ने बताउनुभएको थियो ।
नेपालको तीनदिने भ्रमणका लागि बुधबार राजधानी आइपुग्नुभएका पास्कोईले बिहीबार चितवनस्थित माओवादी शिविरको भ्रमण गर्नुभएको थियो ।
आजै नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालसँग पास्कोईले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बिहीबार शिष्टाचार भेट गर्नुभएको छ । भेटमा अनमिन प्रमुख करिन ल्यानग्रेनको पनि उपस्थिति रहेको थियो ।
एमाले अध्यक्ष खनालको सचिवालयका सचिव निर्मल भट्टराईका अनुसार सो भेटमा उपमहासचिव पास्कोईले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणको अवस्थाका बारेमा जिज्ञासा राख्नुभएको थियो ।
उहाँले नेपालमा अनमिनको भूमिका विस्तृत शान्तिसम्झौता र राजनीतिक पार्टीहरूको आमसहमतिअनुसार हुने विश्वास दिलाउनुभएको थियो ।
भेटमा उपमहासचिव पास्कोईले शान्तिसम्झौता र कार्यादेशभन्दा फरक ढङ्गले अनमिन नचल्ने बताउँदै उच्चस्तरीय राजनीतिक संयन्त्रले नेपालमा विद्यमान जटिलतालाई सही निष्कर्षसहित समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
छलफलका क्रममा अध्यक्ष खनालले संविधानसभाको संरचनाका कारणले संविधान निर्माण गर्ने र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने काम राष्ट्रिय सहमतिबिना सम्पन्न हुन नसक्ने जानकारी दिनुभएको थियो ।
सो भेटमा अध्यक्ष खनालले शान्तिप्रक्रियामा एनेकपा -माओवादी) ले सघाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
उहाँले नेपालको शान्तिप्रक्रियालाई संयुक्त राष्ट्रसङ्घले महìवपूर्ण सहयोग उपलब्ध गराइरहेको बताउँदै भविष्यमा पनि राष्ट्रसङ्घले बढी निष्पक्ष र सार्थक सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच हाम्रा भरतपुर समाचारदाताका अनुसार राष्ट्रसङ्घीय उपमहासचिव बी. ल्यान पास्कोईले संयुक्त राष्ट्रसङ्घको भूमिका तटस्थ रहने बताउनुभएको छ ।
अनमिनले पक्षपातपूर्ण व्यवहार गरेको भन्ने मन्त्री र केही राजनीतिक पार्टी नेतृत्वले आरोप लगाइरहेका बेला चितवनको शक्तिखोरमा रहेको एकीकृत नेकपा -माओवादी) जनमुक्ति सेनाको तेस्रो डिभिजनमा आउनुभएका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव पास्कोईले त्यस्तो बताउनुभएको हो ।
बिहीबार अपराहृन दुई घन्टा शिविरमा बिताउनुभएका उपमहासचिव पास्कोईले शिविरका जनमुक्ति सेनाका कमान्डरहरूलाई विभिन्न राजनीतिक प्रश्न गर्नुभएको थियो । उहाँले बहुदलीय प्रतिस्पर्धाप्रति तपाईंहरूको धारणा के छ भनेर सोध्नुभएको थियो भने, शान्तिसम्झौतासम्बन्धी अवधारणा कमान्डरहरूले कति बुझेका छन् भनेर सोध्नुभएको डिभिजनका

go up