Friday, March 12

गितार प्रतिष्पर्धा नेपालमा




नेपालमै पहिलो पटक आयोजना भैरहेको गितारवादन प्रतिस्पर्धामा भिड्न ५० जना छनौट भएका छन् । गायक निमा रुम्बा, मुक्ति एन्ड रिभाइवल समूहका मुक्ति शाक्य, रक गायक इमान शाह, सुनित कंसाकार, बैजु राई तथा गरिमा गुरुङ निणर्ायक रहेको यो प्रतिस्पर्धा इमेज च्यानलबाट प्रसारण हुनेछ ।

काठमाडौंका साथै पोखरा, महेन्द्रनगर, धनगढी, नेपालगन्ज, बुटवल, चितवन, हेटौंडा, धरान, विराटनगर र झापामा अडिसन गरेर ५० जना छनौटपछि यसै साता नेपाल संगीत विद्यालयमा दोस्रो चरणको प्रतिस्पर्धा पनि सम्पन्न भयो । 'गीतार माएस्ट्रो २०१०' शीर्षकको कार्यक्रममा विभिन्न चरणमा ३०, २०, १०, ५ गर्दै प्रतिस्पर्धीहरू बाहिरिँदै जाने निर्माता तथा निर्देशक विनोद शर्माले साप्ताहिकलाई बताए । कार्यक्रमको आयोजना टकाम फिल्म्सले गरिरहेको छ ।

go up