Friday, March 26

पुर्व राजाले जनकारबाही भोग्नुपर्ने read more

काठमाडौँ, १२ चैत
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले राजसंस्थाको समाप्ति काल्पनिक भएको भन्ने पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति प्रतिक्रान्तिकारी हर्कत भएको आरोप लगाउँदै उनले जनकारबाही भोग्नुपर्ने चेतावनी दिएका छन् । 
रिपोेर्टर्स क्लवको साक्षात्कारमा बिहीबार बोल्दै उपाध्यक्ष श्रेष्ठले पुर्व राजाको हैसियतमा प्रतिकान्तिकारी बाटोमा लागे ज्ञानेन्द्रले जनकार्वाही भोग्नुपर्ने र सरकारले सुबिधा खोस्नुपर्ने समेत बताएका छन् । श्रेष्ठले राजतन्त्र पुर्नजीवित नहुने ठोकुवा गरका छन् । नेपाली जनताले क्रान्तिबाट फालेको राजालाई दरबार र भत्ता दिन नहुुने कुरामा माओवादीले तत्कालिन समयमा नै बिरोध गरेको तर अन्य दलहरुले त्यसलाई अस्वीकार गरेको पनि उनले बताए । 
‘ज्ञानेन्द्र शाह षडयन्त्रको तानाबँना बुन्न ब्यस्त छन र अन्तरीम संविधानको 
मर्म र भावना विरुद्ध बोलेका छन् , अव कुनै हालतमा पनि छुट पाउने छैनन् । हामी उनलाई नागाजुर्न दरवारबाट निकालि छोडछौ’ श्रेष्ठले भने । 
शान्ति र संविधान निर्माणका लागि संयन्त्रको उपयोग गर्नु पर्ने अवस्थामा संयोजक पदका लागि हानाथाप गर्नु कोइरालालाई दिएको श्रद्धान्जलीको अपमान रहेको ठहरीने भन्दै प्रकाशले भने ‘गिरिजाप्रसाद कोइरालाई नेपाली कांग्रेसको सभापतिको हौसियतले मात्र नभई उहाले शान्ति र संविधानको लागि  खेल्नुभएको भुमिकाप्रति सम्मान ब्यक्त गदै संयन्त्रको संयोजक पद दिएका हौँ ’। 

No comments:

go up