Friday, March 26

यस यल सी को पहिलो दिन शान्तिपूर्ण read more-

काठमाडौ , १२ चैत 
मुलुकभर विहीवार संञ्चालन भएको अंग्रेजी विषयको एसएलसी परीक्षा छिटफुट घटना वाहेक शान्ति पूर्ण सम्पन्न भएको छ । 
उपत्यका लगायतका केही जिल्लाहरुमा परीक्षा सञ्चालन हुन केही समय प्रश्नपत्र अभाब रहेको थियो । काठमाडौंका केही परीक्षा केन्द्रमा प्रश्नपत्र अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयले तत्काल प्रश्नपत्र पु¥याएको थियो ।


विहान आठ बजेदेखी शुरु भएको परिक्षा ११ बजे सम्पन्न भएको थियो । मुलुकभर चार लाख ६७ हजार सात सय ९१ परीक्षार्थीले परीक्षा
 दिएका थिए । जसमध्ये,  नियमित तर्फवाट ४ लाख १२ हजार ५ सय ९२ र एक्जाम्टेड बाट ४४ हजार १ सय २७ रहेका छन् । परीक्षार्थीमा छात्रतर्फ २ लाख २८ हजार ४ सय ९४ र छात्रातर्फ २ लाख १८ हजार २ सय २५ ले परिक्षा दिएका परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जनाएको छ । 
परिक्षा हलभित्रै वच्चा जन्मियो 
बैतडीको तडिको खेति उच्चमाध्यमिक परीक्षा केन्द्रमा परीक्षा
दिएकी २१ वर्षिय आरति थापाले परीक्षा हलमा भित्रै बच्चा जन्माएकी छन् ।
त्यस्तै, सखुवासभाको हिमालय उच्चमावि परिक्षा केन्द्रमा २१ पटक कमला राईले एसएलसी परिक्षा दिएकी छन् । राई ४० वर्षिया छन् ।
मुलुकभर परिक्षाको समयमा चिट चोर्ने एक दर्जन भन्दा बढी परीक्षार्थी निष्काषित भएका र केही जिल्लामा निरीक्षक समेत निष्काषित भएका परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

No comments:

go up