Thursday, April 15

बुबासँग कलेज जाँदै गरेकी छात्राको मृत्यु

काठमाडौँ, वैशाख २
- नैकाप गाविस ढुङ्गेअड्डामा टि्रपरको ठक्करबाट आज बिहान विद्यार्थी सिर्जना खड्काको मृत्यु भएको छ। कुलेश्वरस्थित जनमैत्री क्याम्पसमा अध्ययनरत खड्काको कलेज जान भनेर आफ्नो बुबासँग मोटरसाइकलमा गइरहेको बेलामा बा.२ख ७२९९ नम्बरको ट्रिपरले ठक्कर दिँदा मृत्यु भएको हो।
कालिमाटीस्थित प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक भोला राउतका अनुसार मृतक खड्काको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको छ।

उनका बुबा बेहोस अवस्थामा रहेको र नाम अझै नखुलेको बताउँदै प्रनाउ राउतले गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको जानकारी दिए।नागरिक

No comments:

go up