Sunday, April 4

नेपालमा डलर read more >>>>>>

काठमाडौ, चैत्र २० - 

तपाईं वर्षमा धेरैपल्ट विदेश यात्रा गर्नेमा पर्नुहुन्छ ? यो खुसीको कुरा भए पनि अब एउटा कुराले सताउन सक्छ, डलर नपुगेर । 

किनकि, राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई वर्षमा दुईपल्ट मात्र डलर साट्न दिने भएको छ । त्यो पनि एकपटकमा बढीमा २ हजार अमेरिकी डलर बराबर मात्र ।    स्रोत -कान्तिपुर 

यसबारे केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई शुक्रबारै परिपत्र गरेको छ । यसबाट दुईपल्टभन्दा बढी जानेले अवैध बाटो समात्नुपर्ने बाध्यता हुने छ ।

वैदेशिक मुद्रा सञ्चितिमा चाप पर्न थालेपछि राट्र बैंकले वैदेशिक रोजगारमा जानेलाई पनि ५ सय डलर सीमा तोकेको छ । कामका लागि विदेश जानेले यस्तो रकम नलगे पनि वैदेशिक रोजगार व्यवसायीले प्रत्येक पासपोर्टबाट २ हजार डलर साट्ने गरेकाले कडाइ गरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो । विदेशी मुद्रा सटही गरेपछि सम्बन्धित बंैकले राहदानीमा छाप लगाउन र तेस्रोपटक नदिनसमेत निर्देशन जारी गरेको छ ।

सोधनान्तर घाटा बढेर अर्थतन्त्रमा असन्तुलन आउन सक्ने भन्दै राष्ट्र बैंकले बैदेशिक मुद्रा सुविधा कटौती गरेको हो । चालू वर्षको ६ महिनामा सोधनान्तर घाटा करिब १९ अर्ब ७९ करोड रुपैयाँ हाराहारीमा छ । निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, ऋण, अनुदान तथा रेमिटेन्सबाट प्राप्त हुने विदेशी मुद्रा र आयात, भ्रमण लगायतबाट बाहिरिने विदेशी मुद्राबीचको अन्तर नै सोधनान्तर स्थिति हो ।

पासपोर्ट सुविधाबाहेक तेस्रो मुलुकबाट प्रतितपत्र नखोली ड्राफ्ट/टीटीका माध्यमबाट सामान आयात गर्दा एकपटकमा २५ हजार अमेरिकी डलरमात्र भुक्तानी गर्न पाउने नयाँ व्यवस्था पनि यसले गरेको छ । यसअघि यस्तो सीमा ५० हजार डलर थियो । यो सुविधा प्रयोग गरी विदेशी मुद्रा अपचलन गरी पुँजी पलायन हुने गरेको आशंकामा सीमा घटाइएको बैंकको उच्च स्रोतले बतायो । तिब्बतबाट ऊनलगायत वस्तु आयात गरी ठूलो परिमाणमा रकम बाहिरिएको हालै सार्वजनिक भएको थियो । 

अन्य व्यवस्था ठीकै भए पनि पासपोर्ट सुविधामा कटौती गर्दा भने अवैध बजारलाई प्रोत्साहन मिल्ने खतरा देखिने जोशीले बताए । 'नियमित विदेश जानेहरू तत्काल प्रभावित हुनेछन्,' उनले भने ।

यस्तो दुरुपयोगले वैदेशिक मुद्रा सञ्चिति गत असारको तुलनामा १४ प्रतिशत घटेर पुसमा ३ अर्ब ३२ करोड अमेरिकी डलरमा सीमित भएको छ । २०६५ असारको तुलनामा पुसमा यो १९ प्रतिशतले बढेको थियो । अहिलेका सञ्चितिले साढे ६ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्छ । विदेशी मुद्रामा चाप एवं बंैक तथा वित्तीय संस्थाले निक्षेप परिचालनभन्दा बढी कर्जा प्रवाह गरेकाले तरलता अभाव भइरहेको छ । 

No comments:

go up