Saturday, April 10

शान्ति प्रक्रियालाई पहल नगरेको आरोप read more >>>>>>


काठमाडौं, २७ चैत 
मुलुकका तीन ठूला राजनीतिक दलले संविधान लेखन र शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा उचित ध्यान र आवश्यक पहल नगरेको आरोप १३ राजनीतिक दलले लगाएका छन् । दुइ स्वतन्त्र सभासद्सहित १३ राजनीतिक दलको आज यहाँ बसेको बैठकले संविधान लेखनमा ठूला दलमा देखिएको उदासीनताले आफूहरूले जनआकाङ्क्षाअनुरूप संविधान लेखन र शान्ति प्रक्रियालाई सकारात्मक निष्कर्षा पुर्‍याउने हेतुले आजैदेखि छलफल सुरु गर्ने निर्णय गरेको समाजवादी प्रजातान्त्रिक जनता पार्टीका नेता एवम् कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । 







उहाँले साना पार्टीको ककस बनाउने र यसमा ठूला तीन दलबाहेकका अन्य दललाई सामेल गराउनेसमेत जानकारी दिनुभयो । बैठकमा तीन ठूला दलले आफूहरूलाई केवल सरकार गठन गर्नेबेलामा मात्र प्रयोग गर्ने गरेको तर संविधान लेखनलगायतका अन्य महत्वपुर्ण विषयमा उपेक्षा गरेको गुनासो गरेका थिए । बैठकको अध्यक्षता जनमुक्ति पार्टीका अध्यक्ष मालवरसिंह थापाले गर्नुभएको थियो ।

                          स्रोत - दैनिकी 

No comments:

go up