Friday, April 23

निखिलले गरे मुम्बईमै

बैशाख ९ 
नायिका सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरेर मुम्बईमा लुकीछिपी बसेका भनिएका नायक निखिल उप्रेतीले सोमबार मुम्बईकै एक स्टुडियोमा आफूले अभिनय गरेको नेपाली फिल्म मस्तीको डबिङ गरेका छन् । निखिलले मुम्बई जानुअघि नै सो फिल्मको डबिङ सिध्याएका थिए । तर, प्राइम स्टुडियोको प्राविधिक गडबडीका कारण मस्तीका चारवटा रिलको डबिङ उडेको थियो ।
मस्तीका निर्देशक मदन घिमिरेले उडेको निखिलको डबिङ पुनः गराउनका लागि एक महिनादेखि उनको नेपाल आगमन कुरेको बताए । 'प्राविधिक कारणले चारवटा रिलको डबिङ उडयो । निखिलजी आउँछु भन्नुभयो । एक महिना कुर्‍यौँ । तर, उहाँ आउने छाँट नदेखेपछि रिल नै मुम्बई पठायौँ,' निखिलसँग आफ्नो भने सम्पर्क नभएको बताउँदै निर्देशक मदनले भने, 'उहाँसँग मेरो सम्पर्क भएको छैन । प्राइम स्टुडियोकै प्रबन्धमा रिल मुम्बई पठाइएको हो । सोमबार र मंगलबार मुम्बईको एउटा स्टुडियोमा निखिलले तीनवटा रिलको डबिङ गरेको खबर आएको छ ।'
मुम्बईस्रोतका अनुसार निखिल हत्तपत्त नेपाल आइहाल्ने मनस्थितिमा छैनन् । उनी अचेल कहिले मद्रास त कहिले मुम्बई गरिरहेका छन् । त्यहाँ भेटिने नेपाली फिल्मकर्मीमाझ पनि खुल्न चाहँदैनन् रे । 'उनको आउने ठेगान नभएकाले फिल्म अड्काउनुभन्दा रिलै उता पठाएर भए पनि काम गरियो,' मस्तीका निर्माता दिनेश थापाले भने, 'उनको उडेको डबिङ अरूको स्वरमा गरौँ कि भन्ने पनि भएको थियो, तर म्याच नहोला भन्ने डरले त्यसो गरेनौँ ।

No comments:

go up