Sunday, April 25

प्रचण्ड’लाई फेरि प्रधानमन्त्री स्वीकार्न नसकिने


काठमाडौं, १२ वैशाख 
  सर्खेत घटनामा घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल भेटन पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले आफू झुकेर पनि राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री नेपाल माओवादीप्रति आक्रमक देखिदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल विकल्प हुन नसक्ने बताए । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेरि प्रधानमन्त्री स्वीकार्न नसकिने बताएका छन् । नयाँ प्रधानमन्त्रीको रुपमा प्रचण्डको विकल्प खोजिए सहमति हुने उनले बताए ।
प्रधानमन्त्रीका लागि अन्य विकल्प आए आफूले सोंच्न सक्ने उनले उल्लेख गरे ।
काठमाडौंस्थित शिक्षण अस्पताल सुर्खेतका एमाले कार्यकर्ताको स्वास्थ्यस्थितिबारे जानकारी लिन पुगेका प्रधानमन्त्री नेपालले सन्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो सर्त राखेका हुन । माओवादीप्रति निकै आक्रोशित देखिएका प्रधामन्त्री नेपालले हिंसा नरोके सबै दल मिलेर बहिस्कार गर्ने चेतावनीसमेत दिए । माओवादी संविधान लेखन र शान्ति प्रक्रियाप्रति प्रतिबद्ध नरहेको आरोप लगाए । संवैधानिक परिषदको बैठकमा पटक पटक बोलाउँदा पनि माओवादी अनुपस्थित हुने गरेकोले बाध्य भएर संवैधानिक निकायहरुमा नियुक्ति गरिएको बताए    दैनिकी

No comments:

go up