Friday, April 23

खल्तीमा भएमात्र जेठ १४ मा संविधान


नेपालगन्ज, वैशाख ९ -  राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राजनीतिक दलहरुले  खल्तीमा बोकेको भएमात्र अब तोकिएको समयमा संविधान बन्ने बताएका छन् । उनले भने, 'संविधान राजनीतिक दलका नेताहरुले आफ्नो खल्तीमा छ भन्ने ठानेका छन् भने मात्र तोकिएको समयमा संविधान जारी होला, होइन भने बाँकी रहेको समयभित्र सम्भव छैन ।'

संविधान निर्माण र शान्ति प्रक्रियाका विषयमा सहमति कायम गर्न नसकिए मुलुकमा अकल्पनीय दुर्घटना निम्तनसक्ने आशंका पनि उनले गरे ।
पार्टी जिल्ला कार्यसमितिद्वारा बिहीबार आयोजित पत्रकारसम्मेलनमा उनले भने, 'निर्धारित समयभित्र संविधान जारी हुन असम्भव भएकाले दलहरुले राजनीतिक सहमतिबाट नयाँ विकल्प खोज्नुपर्छ ।'
माओवादी आफ्नै गलत कर्तुतले सरकार छाड्न बाध्य भएको बताउँदै उनले ठूलो दलका नाताले संविधान निर्माण र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सो दल बढी जिम्मेवार हुनुपर्ने बताए ।ekantipur
   

No comments:

go up