Sunday, April 4

मोटा प्रहरी read more >>>>>

काठमाडौ, चैत्र २० - 
नेपाल प्रहरीमा बहालवाला अधिकृत हुनुहुन्छ र जीउ मोटो छ ? त्यसो भए अहिल्यैदेखि घटाउने अभियान थाल्नोस् । किनकि संशोधन हुन गइरहेको प्रहरी नियमावलीमा मोटा प्रहरीलाई 'राम्रा अवसर नदिने' देखि 'सेवाबाट वञ्चित गर्ने' सम्मको कारबाही व्यवस्था गरिँदैछ । स्रोत -कान्तिपुर 

'प्रहरी नै भद्दा, भुँडे र अस्वाभाविक तौलका भए उनीहरूले प्रभावकारी भूमिका निर्वाह गर्न कठिन हुनेछ,' प्रहरी प्रवक्ता विज्ञानराज शर्मा भन्छन्, 'आफैंलाई र जनतालाई आपत परेका बेला ज्यान जोगाउन दौडधुप वा भाग्दै गरेको अपराधी पक्राउ गर्नुपर्ने 

हुन्छ, यस्तोमा ज्यानले धोका दिायो भने ?'  

नेपाल प्रहरीमा थोरै माथिल्लो दर्जाका र धेरै तल्ला दर्जाका अधिकृत निकै मोटा 

छन् । शर्माका अनुसार लामो समयसम्म एकै स्थानमा घुमुवा या मुद्दा शाखामा बस्ने हवल्दारहरू, चौकीका इञ्चार्ज हुने सईहरू, पुराना प्रहरी निरीक्षकहरू र भर्ना ज्ञखटिनेहरूको पेट ठूलो हुने गरेको देखिएको छ । 

'वृत्त, प्रभाग, परिसर, अञ्चल र क्षेत्रमा खटिएका अधिकांश प्रहरी अधिकृतलाई स्वादिष्ट भोजनका लागि सधैं निम्तो हुन्छ,' काठमाडौं परिसरका एक डीएसपी भन्छन्, 'त्यहाँ उच्च कोटीका मदिरा र पोषिलो खाद्य वस्तुको स्न्याक्स खाइन्छ ।' त्यस्तो सहभागिता बढ्दै जाँदा दिनदिनै पेट बढेको थाहै नहुने उनले बताए ।

 पहिलो चरणमा ठूलो भँुडी भएका सबै दर्जाका सुरक्षाकर्मीलाई 'राम्रो अवसर' बाट वञ्चित गरिन्छ,' प्रवक्ता शर्मा भन्छन्,  'पछि क्रमशः सेवाबाट वञ्चित गर्नेसम्मको कारबाही हुनसक्छ ।'

'नेपाली सेनामा बढुवाका लागि उम्मेदवार हुन 'हेल्थ क्याटोगरी' र 'साइको मेटि्रक्स' उत्तीर्ण हुनु अनिवार्य मानिन्छ,' नेपाल प्रहरीको तालिम निर्देशनालयका डीआईजी सुरेन्द्रबहादुर शाह भन्छन्, 'हेल्थ टेस्टमा शरीर स्वस्थ छ/छैन भनी सम्पूर्ण शरीर, ब्लड प्रेसर, सुगर, तौल, उचाइलगायत हेरिन्छ भने साइको मेटि्रक्समा निर्णय गर्ने क्षमता कति छ भनी मनोवैज्ञानिक जाँच लिइन्छ ।' 

दुवै व्यवस्था अनिवार्य भएकाले प्रहरी प्रधान कार्यालयले नियमावाली संशोधन गर्न लागेको हो । प्रहरीको शरीर चुस्त राख्नकै लागि प्रहरी महानिरीक्षक रमेश चन्दको विशेष आग्रहमा बिहीबार स्वामी रामदेवले उपत्यकामा उपस्थित बहालवाला र भूतपूर्व सबै अधिकृतहरूलाई नक्सालस्थित मुख्यालयको खेलकुद चौरमा भेला गराएर योग प्रशिक्षण दिलाएका थिए ।

No comments:

go up