Tuesday, April 6

पुरानो राहदानी read more>>>>>

काठमाडौँ, २३ चैत  
अति आवश्यक परेका नागरिकलाई पुरानो राहदानी उपलब्ध गराइने भएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी नभएसम्मका लागि परराष्ट्र मन्त्रालयले पुरानो पासपोर्ट दिने निर्णय गरेको हो ।

यस्तो राहदानीमा "नन मेसिन रिडेबल पासपोर्ट" लेखिएको छापा लगाइने भएको छ । नेपालमा तत्काल एमआरपी उपलब्ध नहुने भएकाले पुरानै राहदानी जारी गर्न लागिएको परराष्ट्रका एक अधिकारीले बताए ।

यो राहदानी परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट मात्र जारी हुने बताइएको छ । राहदानी वितरण बन्द गरेपछि नागरिकहरुलाई समस्या परेकोले सन् २०१५ नोभेम्बर २४ तारिखसम्म लागु हुने गरी यो राहदानी वितरण गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।_onlinenews

No comments:

go up