Saturday, April 10

रगतको खोलो बग्ने स्थिति उत्पन्न read more>>>>>


काठमाडौं, २७ चैत
 पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले १४ जेठपछि मुलुकमा हिंसात्मक झडप भएर 'रगतको खोलो बग्ने' स्थिति उत्पन्न भए नेपाली सेना चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
खुमलटारस्थित निवासमा रिपोर्र्टर्स क्लबको नवनिर्वाचित पदाधिकारीहरूसँग कुराकानी गर्दै पुर्वसेनापति कटवालले त्यस्तो अवस्थामा सेना 'बार्दलीबाट चियाएर नबस्ने' पनि चेतावनी दिएका हुन् । 
'यदि नेपाली जनताको बीचमा
  रगतको खोलो बग्न थाल्यो भने सेना बार्दलीबाट चियाएरमात्र बस्न मिल्दैन,' कटवालले प्रश्न गरे, 'नत्र सेनालाई किन पालेर राख्ने -' यद्यपि, उनले नेपाली सेना विगतदेखि नै शान्तिका लागि सक्रिय रहेको तर्क गरे । इतिहासमा भीमसेन थापादेखि आफ्नो पालासम्म सेनालाई फुटाउन खोजिएको आरोपसमेत उनले लगाए । 'सेना कसैले सोचेजस्तो कमजोर छैन, कसैले चाहँदैमा सेनालाई फुटाउन पनि सक्दैन,' सेनाभित्रै व्रि्रोह गराएर जनव्रि्रोहमा जाने माओवादीको र्सार्वजनिक योजनातर्फसंकेत गर्दै कटवालले भने ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रजातान्त्रिक पद्धतिमाथि चुनौती उत्पन्न हुनसक्ने आशंका पर्ूवसेनापतिको थियो । जनआन्दोलन-२ पछि खारेज गरिएको राजसंस्था, एकात्मक राज्य, हिन्दर्ूधर्मलगायत विवादित विषयमा जनमत संग्रहबाट निर्क्याैल निकाल्नुपर्ने अडानसमेत उनले दोहोर्‍याए । 'नेपाली सेनाले पहिले नै संसद्मा आफ्नो धारणा राखिसकेको छ, प्रजातान्त्रिक पद्धतिमा जनताको प्रत्यक्ष सहभागितामा राष्ट्रिय विषयहरूको टुंगो लगाउनु पर्ने
 , मेरो अडान यही हो,' उनले थप प्रश्न गरे, 'प्रजातान्त्रिक पद्धतिमा जनताले बोल्न पाउने कि नपाउने -' 
नेपाली सेना र माअेावादी मिलेर मुलुकको भौगोलिक अखण्डता जोगाउनुपर्ने भन्ने प्रचण्डको अभिव्यक्तिबारे उनको प्रतिक्रिया थियो, 'नेपाली सेना र माओवादीको मात्र होइन कि नेपाली सेनाको अस्तित्वसँग मुलुकको अस्तित्व गाँसिएको छ । सम्पूर्ण
  नेपालीको निर्देश्ानमा भौगोलिक अखण्डता जोगाउन सेना तयार छ ।'
माओवादी लडाकूहरूतिर संकेत गर्दै पर्ूवप्रधानसेनापति कटवालले हतियार राज्यलाई नबुझाएसम्म विश्वासको वातावरण नबन्ने बताए । माओवादीको नाम नलिई कटवालले भने, 'पहिला राज्यबाहिर रहेका हतियारधारीहरूले राज्य संयन्त्रमा हतियार बुझाउनर्ुपर्छ, त्यसपछिमात्र विश्वास आर्जन हुन्छ ।' अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौता
 अनुसार लडाकूहरूको व्यवस्थापनलगायत सबै विषयको टुंगो लगाउनुपर्ने कटवालको धारणा थियो । 'ती सहमति पालना नभएसम्म जनताले किन विश्वास गर्ने -' कटवालले भने । 
अस्थायी शिविरहरूमा रहेका माओवादी लडाकूको भविष्यप्रति चिन्ता प्रकट गर्दै कटवालले भने, 'क्यान्टोन्मेन्टका भाइबहिनीहरू तीन वर्षेखि कैदी जसरी बसेका छन् । तिनले खुला जीवन व्यतित गर्न किन नपाउने - कसको फाइदाका लागि उनीहरू क्यान्टोन्मेन्टमा बस्नुपर्ने -'
नेपाली सेनाको स्थापित मापदण्डअनुसार हरेक नेपाली सेनामा भर्ती हुनसक्ने भन्दै कटवालले तर कसैको समूहगत समायोजन हुन नसक्ने संकेत गरे ।
विशेषगरी प्रधानसेनापति बर्खास्तगी र पर्ुनर्बहाली प्रकरणका कारण बढी चर्चा बटुलेका कटवालले आफू भविष्यमा राजनीतिमा जान सक्ने संकेत पनि गरे । नेपाल र नेपालीका लागि मर्न तयार रहेको उल्लेख गर्दै उनले थपे, 'मेरो निधारमा हान्ने गोली यदि कसैले तयार गरिसकेको छ भने स्वागत छ ।'राजधानी
 

No comments:

go up