Saturday, April 10

इटहरी माँ बस दुर्घटना read more >>>>>

इटहरी, चैत २८ 

- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा शनिबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ४४ यात्रु घाइते भएका छन्। 


भद्रपुरबाट जनकपुरका लागि गुडेको मे १ ख ९१२ नम्बरको यात्रुबाहक अनियन्त्रित भएर सडकभन्दा साढे १२ फिट तल खस्दा चार जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी मृत्यु हुनेमा सुनसरीको महेन्द्रनगर–९ का १३ वर्षीय मनोज श्रेष्ठ, एकम्बा–५ का सन्जय चौधरी र  सप्तरीको महादेवपट्टी–६ का १५ वर्षीय शैयव मियाँ छन्। बाँकी दुई जना पुरुषको सनाखत हुन सकेको छैन्। दुर्घटनामा परी मृत्यु हुनेमध्ये सन्जयको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो।

बस दुर्घटनामा घाइते भएका यात्रुमध्ये २३ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र २१ जनाको इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। ५० जना यात्रु सवार सो बस तीव्र गतिमा रहेको र घुमाउरो बाटो भएकाले पल्टिएको कोशी ब्यारेज प्रहरी चौकीका सई राजु बिष्टले जानकारी दिए।  (नागरिक)

No comments:

go up