Monday, April 5

करीना कपूर read more>>>>>>

काठमाडौं, २३ चैत्र 
 अभिनेत्री करीना कपूर ले हलिउड अभिनेत्री मार्लिन मुनरोको भुमिका निभाउने भएकी छिन्। मधुर भंडारकरले यस चलचित्रका बनाउन लागेको हो। करीनाले यस चलचित्रमा मुनरोको जिंदगीलार्इ जीवन्त पार्ने प्रयाश गर्नेछिन्।मार्लिन मुनरोको जीवन विवादै विवादमा घुमेको छ। उनको मृत्यू पनि रहस्यमयी थियो। एकातीर उनले अत्याधिक लागु पदार्थको सेवनका कारण मृत्यूभएको खबर छ भने अर्कातीर उनको हत्या भएको हुन सक्ने सम्भावना पनि देखिएको थियो।                


मधुर भंडारकरले धेरै समय देखी मर्लिनको जिंदगीको बारेमा जानकारी बटुल्दै थियो। उनले सबै कुरालार्इ ध्यानमा राखेर मार्लिन मुनरोको भुमिका निभाउन करिना कपूरलार्इ छानेको छ। करिनाको अलावा चलचित्रका अन्य कलाकारहरू भने निश्चित भएको छैन  दैनिकी


No comments:

go up