Saturday, May 15

जीप दुर्घटनामा चारको मृत्यु, आठ घाइते

कावासोती, जेठ १ 
 पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत देउराली गाविसको रुम्सीमा शुक्रबारसाँझजीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
सामान र यात्रु लिएर भक्यालबासबाट धौबादीको पोखरी जाँदै गरेको लु १ ज १२८७ नम्बरको पिकअप जीप सडकबाट तीनसय मिटर तल खसी भएको सो दुर्घटनामा देउराली-७ की २५ वर्षीया धनमाया गाहामगर, उनकी तीन महिनाकी छोरी सीमा गाहा, सोही ठाँउका ३० वर्षीय गनिसरा गाहा र जीपचालक सुसन महतोको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ
दुर्घटनामा परी घाइते भएकामध्ये हस्तबहादुर पुलामी, वीरबहादुर राना र नरबहादुर पुलामीको कालीगण्डकी सामुदायिक अस्पताल कावासोतीमा र रामसिंह पुलामी, जसबहादुर सारु, खड्क सारु, मिली सुनारी, रामबहादुर सारुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।साँझ करिब साढे सात बजेतिर दुर्घटना भएको भए पनि सो ठाउँ दुर्गममा भएकाले ढिलो गरी जानकारी आएको प्रहरीले जनाएको छ।भर्खरै मात्र गाडी सञ्चालनमा आएको कच्ची सडकबाट जीप खसेको हो। साँघुरो र तीखो घुम्तीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। - रासस

No comments:

go up