Saturday, May 15

भट्टराई निर्वाचित भएको घोषणा

काठमाडौँ, ३१ वैशाख
- निर्वाचन आयोगले नेपाली काँग्रेसका तर्फबाट समानुपातिक प्रतिनिधित्वको आधारमा संविधानसभामा रहेको रिक्त सदस्य पदमा मनमोहन भट्टराईलाई निर्वाचित भएको घोषणा गरेको छ। आयोगको आजको निर्णयबाट श्री भट्टराईलाई संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा ८ को उपदफा (२) बमोजिम संविधानसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाली कांग्रेसकातर्फबाट समानुपातिक प्रतिनिधित्वको आधारमा संविधानसभा सदस्य पदमा निर्वाचित गिरिजाप्रसाद कोइरालाको गत चैत ७ गते निधन भएपछि उक्त पद रिक्त भएको थियो। सो पदमा नेपाली काँग्रेसले आयोगमा पेश गरेको उम्मेदवारको बन्द सूचीमा श्री भट्टराईको नाम रहेको आयोगले जनाएको छ। रासस

No comments:

go up