Saturday, May 15

पार्टीबाट जोसुकै प्रधानमन्त्री हुनसक्छः गजुरेल


अमर खड्का, इटहरी, जेठ १
 एकीकृत माओवादीका सचिब सीपी गजुरेलले माओवादी नेतृत्वमा सरकार गठन भएमा अध्यक्ष पुष्पकमल दाहाल मात्र नभएर पार्टीबाट जोसुकै प्रधानमन्त्री हुन सक्ने बताएका छन्। 'माओवादी नेतृत्वमा सरकार गठन हुदाँ अध्यक्ष दाहाल र नेता वाबुराम भट्टराई मात्र प्रधानमन्त्री हुन लायक उम्मेदवार होइनन्,' सचिब गजुरेलले क्रान्तिकारी पत्रकार संघ सुनसरीद्धारा शनिवार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा भने।


उनले दुई जना नेताको मात्र पेवा पार्टी नभएको बताए। उनले प्रधानमन्त्रीको निर्णय गर्ने अधिकार पार्टीको केन्द्रिय समितिलाई भएकोले जोसुकै हुने दावी गरे।
'चर्चामा चलि जसरी माओवादी अध्यक्ष दाहालले आफु वन्न नपाउँदा पार्टीको अन्य नेताको सट्टा एमाले अध्यक्ष झलनाथ खनाल वा काँग्रेसका कुनै नेतालाई प्रस्तात गरिएको छैन्,' गजुरेलले भने, 'अहिले प्रधानमन्त्रीको विषयमा त्यत्रो ठुलो मतान्तर छैन्, माधवकुमार नेपालले राजीनामा दिएपछि मात्र कुरा अगाडि वढ्छ।' उनले नेपालले राजीनामा नदिएसम्म ठुला तीन दलवीचको वार्ताको कुनै औचित्य नहुने पनि जिकिर गरे।
'अहिले जतिपनि तीन दलवीच वार्ता भइरहेका छन्, कुनै उपलब्धी हात लागेको छैन,' गजुरेलले भने। उनले सहमतीको राष्ट्रिय सरकार माओवादीकै नेतृत्वमा हुने दोहोर्‍याउदै सरकार गठनपछि मात्र संविधान सभाको म्यान थप्ने वा अन्य विकल्पद्धारा अघि वढने टुङ्गो लाग्ने बताए। 
सरकार विगठन नभएसम्म संविधान सभाको म्याद थप्ने विषयमा सहमती जनाउन सकिदैन,' गजुरेलले भने, 'नेपाल नेतृत्वको सरकार रहेसम्म न संविधान निर्माण हुन्छ, न त शान्ति प्रकृया तार्किक निश्कर्षमा पुग्छ। बरु देशमा गृहयुद्ध निम्तिन्छ।' उनले एमालेले नेपाललाई राजीनामा दिन दवाव दिएपनि काँग्रेसको आडमा राजीनामा नदिएको बताए। 
माओवादीले बैशाख १९ गतेदेखि गरेको आमहड्तालमा केही सञ्चार माध्याममा आबद्ध पत्रकारले तथ्यहीन समाचार प्रकाशन/प्रशारण गरेको उनले आरोप लगाए। उनले तथ्यहीन कुरा लेख्दा पत्रकारिताको स्तर घटने भएकाले आधाकारिक समाचार प्रकाशन/प्रशारण गर्न सुझाव दिए।

No comments:

go up