Tuesday, May 25

हुम्ला सदरमुकाम रित्तै


 सुर्खेत, जेठ १० 
सरकारले ग्रामीण क्षेत्रका डिपोभन्दा सदरमुकाममा खाद्यान्न ढुवानी गर्न जोड दिँदा कर्णालीका गाउँमा भोकमरी देखिएको छ। जिल्ला सदरमुकामहरुमा भने पर्याप्त चामल भण्डारण छ। गाउँमा पठाएको चामल तत्कालै सिद्धिने भए पनि सदरमुकाम पठाइएको चामल भने स्टक रहने गरेको छ।नेपाल खाद्य संस्थानको सुर्खेतस्थित शाखा कार्यालयका अनुसार यस वर्ष कर्णालीका पाँचजिल्लामा ६५ हजार तीन सय क्विन्टल चामल ढुवानी भएको छ। त्योमध्ये ३१ हजार ६ सय क्विन्टल चामल संस्थानका सदरमुकामस्थित गोदाममा भण्डारण रहेको जिल्ला शाखाले प्रतिवेदन पठाएका छन्। गाउँका डिपोहरुमा गएको साढे आठ हजार क्विन्टल चामल भने पुग्नेबित्तिकै सकिएको संस्थानका अधिकृत पूर्णप्रसाद दाहालले बताए।


सरकारले कर्णालीका पाँच जिल्लामा रहेका १३ वटा ग्रामीण डिपोको लागि यस बर्ष ९ हजार ६ सय क्विन्टल चामलमा ढुवानी अनुदान दिने निर्णय गरेको थियो। त्योमध्ये कालिकोटको पादमघाट र जुम्लाको धापा डिपोको लागि छुट्याइएको ५/५ सय क्विन्टल चामल अझैसम्म ढुवानी भएको छैन। कालिकोटकै खल्ला डिपोको दुई सय क्विन्टलमध्ये एक सय र जुम्लास्थित जुम्लाकोट डिपोको पाँच सयमध्ये चार सय ३० क्विन्टल चामल पनि गाउँमा पुगेको छैन।
ग्रामीण डिपोमा सदरमुकाममा भन्दा कम खाद्यान्न कोटा छुट्याइनु र त्यो पनि सबै ढुवानी नहुनुले गाउँमा भोकमरी देखिएको स्थानीयको भनाइ छ। गाउँबाट सदरमुकामसम्म पुग्न घण्टौँदेखि दुई/तीन दिनसम्म लाग्ने र सदरमुकाममा सिफारिसलगायतका झन्झटबाट हुने सास्तीले अधिकांश गाउँलेहरु चामलको लागि सदरमुकाम पुग्दैनन्।कालिकोट, खिनका महेन्द्रप्रसाद भट्टले जिल्लाको पलाता क्षेत्रमा पर्ने खिन, धौलागोह, थिर्पु, राम्नाकोट र नानीकोटमा चर्को भोकमरी देखिएको बताए। तर, जनताले सहजरुपमा सरकारी अनुदानको चामल पाउन सकेका छैनन्। सुर्खेत आएका उनले नागरिकसँग भने-गाउँनजिकैको डिपोमा चामल सकियो, हामीजस्तागरीबलाईसदरमुकाममा चामल पाउन त व्यवस्थै फेरिनुपर्छ।उनका अनुसार सदरमुकाम जान चाहनेलाई सम्वन्धित गाविसले प्रतिपरिवार ३० केजी चामलको सिफारिस दिने गरेको छ। संस्थानको सुर्खेत शाखाबाट वर्षेनी भोकमरी हुने पलाता क्षेत्रलाई लक्षित गरी थिर्पू डिपोमा एक हजार पाँच सय क्विन्टल चामल पठाइए पनि अहिले त्यहाँ चामलको गेडो छैन।संस्थानका अधिकारीहरु गाउँका डिपोमा कर्मचारीको व्यवस्था नहुँदा खाद्यान त्यहाँ पुग्ने चामल नगरी तत्काल बिक्री गर्नुपर्ने बाध्यता सुनाउँछन्। संस्थानले त्यहाँ स्थानीय ठेकेदारमार्फत् चामल ढुवानी गर्दै आएको छ। सुर्खेत शाखाका अधिकृत दाहाल भन्छन्- ठेकेदारले पहिला पैसा जम्मा गरेर चामल लग्छन्, बिक्री गरेको भर्पाइ ल्याएपछि ढुवानीको अनुदान लैजान्छन्।

हुम्लामा सदरमुकाममै छैन
हुम्लामा भने ग्रामीण क्षेत्रका डिपोका साथै सदरमुकाममा समेत खाद्यान्न अभाव देखिएको छ। यस वर्ष जिल्लाको लागि छुट्याइएको आठ हजार पाँच सय क्विन्टलमा थप आठ सय क्विन्टल ढुवानी भए पनि भण्डारण सकिएको संस्थानको सुर्खेत शाखाले जनाएको छ।जिल्लाबाट थप खाद्यान्न माग भए पनि केन्द्रीय कार्यालयको निर्देशनबिना आवश्यकताअनुसार थप खाद्यान्न हुन नसकेको संस्थानको भनाइ छ।

No comments:

go up