Wednesday, May 26

प्रहरी कुटाइले 'मृत्यु

काठमाडौ, जेष्ठ १२
कालीमाटी प्रहरी वृत्तको हिरासतमा रहेका एक अभियुक्तको 'कुटाइ' बाट मंगलबार मृत्यु भएको छ । माओवादी सभासद विनोद पहाडीका अनुसार ठगीको अभियोगमा पक्राउ परेका खसीबजारका ग्रील मजदुर ४६ वषर्ीय सानुु सुनारको मृत्यु प्रहरीको कुटाइबाट भएको हो । बालाजुका किराना व्यापारी विष्णु कापृको २५ हजार ठगेको अभियोगमा बल्खुस्थित प्रहरी बिटले आइतबार उनीसहित महर्जन थर भएका ट्याक्सीचालक र कृष्ण विकलाई पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले ठगीको जाहेरी दिने कापृ र सुनारसहित तीनैजना अभियुक्तलाई साथै राखेर अनुसन्धान थालेको थियो ।


त्यही राति प्रहरीले निर्घात कुटपिट गर्दा अचेत भएका सुनारलाई प्रहरीले वीर अस्पतालको सघन कक्षमा भर्ना गरेको थियो । चिकित्सकले सुनारको मंगलबार दिउँसो मृत्यु भएको घोषणा गरेका थिए । उनको मृत्युपछि प्रहरीले जाहेरी दिने व्यापारी कापृलाई पक्राउ गरी हिरासतमा राखेको छ । ललितपुरको गोदाबरी मूलघर भएका सुनार दुई छोरा र पत्नीका साथ कलंकीमा ग्रील मंजदुरी गर्थे । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालले घटनाबारे बुधबार छानबिन गर्ने बताए ।

No comments:

go up