Sunday, May 30

बेपत्ता डाक्टर छानबिन उद्देश्य जीवन रक्षा

काठमाडौं जेठ १६ (नागरिक)
 १३ दिनदेखि बेपत्ता भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. भक्तमान श्रेष्ठ अवस्था छानबिनमा संलग्न एकीकृत माओवादी र नेपाल प्रहरीले 'जीवनरक्षा र सकुशल रिहाइ' नै प्रमुख उद्देश्य भएको बताएका छन्।माओवादीद्वारा गठित छानबिन समिति संयोजक अमिक शेरचनले सबै तर्फबाट आएका सूचनालाई क्रममा ध्यानपूर्वक हेर्ने बताए। 'एकपक्षीय कुरालाई मात्रै हेरेर सुनेर निर्क्यौल गर्दैनौँ,' शेरचनले नागरिकसँग भने, 'अहिल्यै यसै भन्न सकिन्न, एक साता लाग्छ।' माओवादी स्थायी समिति गठित समितिमा सभासद् चित्रबहादुर श्रेष्ठ र धर्म आचार्य सदस्य छन्।
नागरिकस्तरबाट गठित समितिले घटनालाई माओवादीतर्फ सोझ्याएको छ। अनुसन्धानमा संलग्न बहुस्रोतले बेपत्ता चिकित्सक माओवादी कब्जामा रहेको बताएका छन्।नेपाल प्रहरीका प्रवक्ता विज्ञानराज शर्माले पनि चिकित्सक श्रेष्ठको जीवन रक्षा, विना सर्त सकुशल फिर्ता र अपराधीलाई कारबाही नेपाल प्रहरीको उद्देश्य भएको भन्दै प्रहरी निरन्तर 'फलो अपमा' रहेको बताए। 'प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश कुँवरको संयोजकत्वमा गठित समितिले केही दिनमै प्रतिवेदन बुझाउँदै छ,' उनले भने, 'अनुसन्धानमा प्रगति भइसकेको छ।'

No comments:

go up