Saturday, May 8

तोडफोड तथा आगजनी


कपिलवस्तु, २४ वैशाख (दैनिकी)
आफूलाई माओवादी प्रतिकार समूहका कार्यकर्ता बताउने १०– १२ जनाको समूहले बिहीबार साँझ खुरुहुरीया गाविसका द्वन्द्वपीडितका घरमा तोडफोड तथा आगजनी गरेका छन्। न्यायका लागि द्वन्द्वपीडित समाज कपिलवस्तुका सचिवसमेत रहेका मिठाइलाल चौहानको घरमा लुटपाट तथा ताडफोड गरिएको हो। हातमा लाठी, भालासहित आएका उनीहरुले किराना पसलबाट रु५० हजार बराबरको सामान लुटपाट गर्नाका साथै घर भत्काइदिएको पीडित चौहानले बताउनुभयो।
उनीहरुले प्रतिकार समूह अझै रहेको भन्दै आफूहरुले जे पनि गर्ने धम्की दिई फरार भएको पीडित मिठाइलाल चौहानको भनाइ छ।
आक्रमणकारीले घर लुटपाट तथा तोडफोड गर्न थालेपछि परिवारसहित भागेर ज्यान बचाएको चौहानले बताउनुभयो। चौहानको घरमा २०६१ सालमा प्रतिकारको नाममा लुटपाट आगजनी र तोडफोड भएको थियो भने २०६४ साल भदौ ३० गते मोहित खानको हत्यापछि चौहानको घर तोडफोड गरिएको थियो।

No comments:

go up