Sunday, May 30

मनीषा बलिउडले नपत्याएपछि कलिउडमा

दर्जनौंपटक नेपाली फिल्ममा काम गर्ने इच्छा भएको तर समय वा अन्य यस्तै कुरा नमिलेकाले फेरि नेपाली फिल्म खेल्न नपाएको बताउँदै आए पनि अन्ततः बलिउड चलचित्र उद्योगले माया मारेपछि मनीषा कोइरालालाई दुइ दशकपछि पुनः स्वदेशी पर्दामा हर्ेन पाइने भएको छ । आजभन्दा ठीक दुइ दशकअघि तत्कालीन नायक प्रकाश अधिकारीकी नायिका बनेर चलचित्र फेरि भेटौंलामा देखिएकी बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइराला त्यसपछि हालसम्म नेपाली पर्दामा देखिएकी थिइनन् ।
फेरि भेटौंला फलप भएपछि आफना राजनीतिक हस्ती बुबा, हजुरबुबाको राजनीतिक पृष्ठभूमि क्यास गर्दै बलिउड पसेकी कोइरालाले वषौर्ंंदेखि नेपाली चलचित्र खेल्छु भन्दै आए पनि अन्ततः यसपालि भने खेलेकी हुन् । त्यो पनि अरूको फिल्म परेको भए त खेल्थिन् या खेल्दैनथिन् कुन्नि, तर शाहीकालीन सहायक राज्यमन्त्री दर्ुगा पोखरेलले निर्माण गरेको र उनी स्वयम्ले फोर्स गरेका कारण मनीषाले धर्मा नाम गरेको नेपाली चलचित्रमा काम गरेकी हुन् । मनीषा आफनो हातमा एउटै बलिउड फिल्म नभएका बेला नेपाली फिल्म खेल्न तयार भएकी हुन् । फेरि भेटौंलामा अभिनय गरे पनि त्यसपछाडिका दिनमा नेपाली चलचित्रमा कहिल्यै नभेटिएकी उनी त्यो फिल्ममा काम गदर्ैर्ैैछन्, जो नेपाली भाषाको भए पनि नामबाट हिन्दी फिल्मभै+m लाग्छ । त्यसो त यो चलचित्रको नाम पहिले राजनीति राखिएको थियो तर पछि यसमा मनीषाले खेल्ने भएपछि यसको नाम परिवर्तन गरी धर्मा राखियो । राजाको शासनका बेला नेपाल आएर शाही सरकारको र्समर्थन गरेकी मनीषाकै दबाबमा फिल्मको नाम परिवर्तन गरी धर्मा राखिएको थियो । मनीषा फेरि भेटौंलाबाट सफल हुन नसके पनि बलिउडमा गएर सुभाष र्घइको चलचित्र सौदागरमा काम गरेपछि सुपरहिट नायिका कहलिएकी थिइन् । सौदागरमा खेलिसकेपछि उनी बलिउडमा यति धेरै जमिन् कि आफूलाई नायिकाका रूपमा ब्रेक दिने नेपाली चलचित्र उद्योगतिर फर्केर हर्ेर्ने वा नेपाली चलचित्रमा काम गर्ने फुर्सद उनलाई कहिले पनि भएन । तर हाल बलिउड चलचित्र उद्योगले पनि माया मार्न थालेपछि उनी नेपाली चलचित्रमा फर्किएकी छन्् । यो चलचित्र नवनिर्देशक दीपेन्द्र के खनालको कथा र निर्देशनमा बनिरहेको छ । खनालले यसअघि पहिलोपटक चलचित्र द युगदेखि युगसम्मको निर्देशन गरेका थिए । हुन त धर्माभित्र राजेश हमालजस्ता सुपरस्टार पनि छन् तर मनीषाको सहभागिताकै कारण भीडभाडबाट रोक्न चलचित्रको सुटिङ स्पटसम्म गोप्य राख्दै युनिटले हतारहतार उनको काम सकाएको थियो । मनीषा बलिउडमा व्यस्त नभए पनि धर्मामा काम गर्ने क्रममा सुटिङ युनिटले उनीसँग आरामले काम गर्न पाएन । एक त बलिउडमा नाम कमाएकी नायिका, त्यसपछि उनको नखरा पनि त्यस्तै । उनीसँगै काम गर्नेमध्ये कसैको टिप्पणी यस्तो रह्यो भने कसैलेचाहिँ उनले अलिअलि नखरा देखाउनु स्वाभाविक भएको अनुभव पनि सुनाए । समग्रमा चाहिँ मनीषाले निर्माण युनिटलाई सहयोग गरेकै देखियो । जस्तो कि उनी भनिरहेकी हुन्थिन्- ँमलाई भनेर छुट्टै खानाको व्यवस्था गर्नुपर्दैन, म युनिटकै दाल, भात, तरकारी खान्छु ।’उनी सट दिएर र्फकंदा बस्ने मेच भेटिनन् भने पनि उभिएरै बसिरहेकी हुन्थिन् । ँमलाई बस्ने कर्ुर्सर्ीीोइ’ भनेर कोहीकोही नायिकाले निहुँ खोजेजस्तो उनी गरिरहेकी हुँदैनथिन् । यस्ता कुराले युनिटको मन जितिरहेकी उनी बेलाबेला सट वा क्यामराको एंगल नै चेन्ज गराएर हैरान पारिदिन्थिन् भने निर्धारित समयभन्दा पनि अगाडि सुटिङ सकाउन दबाब पनि दिइरहेकी हुन्थिन् । कहिले सुटिङमा ढिलो गएर बोर गरिरहेकी हुन्थिन्, कहिले सबैभन्दा अगाडि स्पटमा गएर चकित बनाइदिन्थिन् । जे होस्, हतारहतारमै अथवा थोरै समय दिएर भए पनि दुइ दशकपछि नै सही, बलिउडमा डेट एक्सपायर हुने बेलामै सही, उनी पुनः स्वदेशी फिल्ममा फर्किएकी भने छिन् । तर यसको मतलब यो होइन कि उनी अब सधैं नेपाली फिल्ममा छाइरहनेछिन् । शाहीकालीन सहायक मन्त्रीको फिल्म नपरेको भए उनी यसमा पनि काम गरिहाल्थिन् भन्ने कुनै आधार छैन । अनि बलिउड चलचित्र उद्योगले माया गरिरहेको भए मन्त्रीकै फिल्म भए पनि यसमा काम गर्थिन् नै भन्ने आधार पनि छैन । त्यो किनभने आजभन्दा १७-१८ वर्षगाडि जतिखेर उनी सौदागरी गर्लका रूपमा लोकप्रिय थिइन् र जब उनको पछाडि सारा बलिउड थियो, त्यतिखेरदेखि अहिलेसम्म उनले नेपाली फिल्मका बारेमा भन्दै आएको एउटै कुरा हो- ँनेपाली फिल्म खेल्ने मन छ । सुहाउँदो रोल र राम्रो स्त्रिmप्ट भएको खण्डमा म यहीँको बजेट र वातावरणमा फिल्म खेल्न आउन तयार छु ।’ बलिउडले सम्झन छोडेपछि कलिउडमा पुनः पाइला राखे पनि मनीषा भने यो मान्न तयार छैनन् । भन्छिन्- ँअहिले पनि मेरो हातमा दुइ-तीनवटा फिल्म छन् । एउटा त मायावतीमा काम गरिरहेकी छु, अर्को साउथको फिल्म पनि गर्दै छु ।’ उनले आफू लामो टुरमा गएका कारण पनि केही समयसम्म बलिउडबाट हराएजस्तो देखिएको दाबीसमेत गरिन् । धर्मामा काम गर्ने क्रममा मनीषाले एउटा नयाँ कुरा थाहा पाइन्- नेपाली फिल्मको उन्नति भएछ, टेक्नोलोजी पनि अपग्रेट गर्न सके त अझै उन्नति हुन्थ्यो । झन्डै दुइ दशक बलिउडलाई र्समर्पण गरेकी उनको सल्लाह छ- ँनेपाली फिल्म भनेपछि मौलिक नेपाली फिल्म नै हुनर्ुपर्छ । कसैको नक्कल गरेर फिल्म बनाउनु हुँदैन ।’ प्रेम-रोमान्स मात्र होइन, राजनीतिक विचारधाराका कारणसमेत विवादमा आइरहने मनीषाले यसपालि भने भविष्यमा राजनीतिमा आउन सकिने तर त्यसबारे अहिले मुख नखोल्ने नीति अपनाइन् । देशको अवस्था खराब बन्दै गएकोमा चिन्ता गर्दै समयमा संविधान बन्ला-नबन्ला भन्ने कुरामा पीर लागेको पनि सुनाइन् । जे भए पनि उनको निर्क्याेल रह्यो- ँम छिटो र्फकनुपर्ने भएकाले मेरो पोर्सनको काम चाँडै सक्नुपर्‍यो । काम छिटो र चाँडै गर्नुपरे पनि रमाइलो भयो ।’ निर्देशक खनाल आफनो यो चलचित्रमा बलिउडका अर्का कलाकारलाई पनि सामेल गराउन चाहन्छन् । उनले नायक गोविन्दा नेपाल आएको मौका पारी आफनो फिल्मको गीत रेकर्डिङ उनैबाट गराएका थिए र आफनो फिल्मको एउटा गीतमा पनि उनैलाई नचाउने योजना बनाएका छन् । - विदुर गिरी मनीषालाई स्वागत गर्छु हमाल मनीषाजीसँगको सुटिङ राम्रो भयो । एउटा गीत थियो, त्यो पनि राम्रो भयो । उहाँ एउटा पोख्त कलाकार हुनुहुन्छ । धेरैपछि फेरि नेपाली फिल्ममा आउनुभयो, खुसी लाग्यो । खुसी यस अर्थमा पनि लाग्यो कि उहाँले अहिले त नेपाली फिल्ममा काम गर्नुभयो, पछि गर्नुहुन्छ कि हुन्न थाहा छैन । उहाँको अभिनय राम्रो छ, उहाँ नेपाली फिल्ममै अभिनय गर्न इन्टे्रस्टेड पनि हुनुहुन्छ । कुनै किसिमले नेपालमै कलाकारितामा रहूँ भन्नेमा हुनुुहँुदो रहेछ । अथवा अरू कुनै किसिमले नेपाली फिल्ममा टेवा पुर्‍याउँm भन्नेमा हुनुहुँदो रहेछ ।कलाकारका हिसाबले उहाँ कोअपरेटिभ हुनुहुन्छ । काम गरेपछि राम्रोसँग गरौं भन्ने भावना उहाँमा छ । युनिटसँग पनि उहाँको व्यवहार राम्रो थियो । मसँगको कुरामा मैले के थाहा पाएँ भने उहाँ थिएटरमा पनि रुचि राख्नुहुँदो रहेछ । उहाँलाई टेक्निकल पक्षबारे ज्ञान पनि रहेछ । त्यसैले डाइरेक्सन, सिनेमा निर्माणमा पनि इन्टे्रस्ट रहेछ । उहांँ जुन रूपमा नेपाली फिल्ममा आए पनि एउटा नेपाली कलाकारको नाताले मलाई त राम्रै लाग्छ । म हर रूपमा उहाँलाई वेलकम गर्छर्ुु

No comments:

go up