Monday, May 31

कब्जा गरीएका घर गोठ विक्रि>>>>>


लमही १६ जेठ
एकिकृत नेकपा माओवादीले १२ वुदे सहमति देखी हाल सम्म भएका सवै सहमती पालना गर्न सहमत देखीएकै भोलि पल्ट माओवादीले देउखुरीमा कब्जा गरेको खिमवहादुर शाहाको घर गोठ विक्रि गरेका छन। माओवादीले पार्टिको निर्देशन र निर्णय भएको भन्दै आफ्ना नजिकका कार्यकर्ता लाई चार कोठा वढिको काठै काठले भरीएको चार कोठे गोठ ६५ हजारमा बिक्रि गरेका छन। साथै माओवादीले कब्जा गरीएको जग्गामा आफ्ना अनुकुलका मान्छेहरुलाई वितरण गरेको रहस्य खुलेको छ। माओवादीले भने खिमबहादुर शाहकि छोरी अनिता शाहासग भएको सहमतिका आधारमा काम भएको प्रतिकृया दिएको छ। आईतवार विक्रि गरेको घर गोठ भत्कायर लैजाने क्रममा सोनपुर–७ रनियापुरका स्थानिय वासिन्दाले त्यसो प्रतिकार गरेका छन।
उनिहरुले घर गोठ भत्काउनमा संलग्न माओवादी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका छन। तिन दिन देखी माओवादीका ५/६ जना कार्यकर्ताहरु कब्जा गरीएको गोठ भत्काएर भौतिह सम्पत्ति आ–आफ्नो घरमा लैजान थालेको देखेपछि गाउँलेहरुले सो कार्य रोक्नुपर्ने भन्दै प्रतिकारमा उत्रिएका हुन। माओवादीले अनिता शाहाको नाममा रहेको १२ विगाह जग्गा कब्जा गरेका छन। गार्उलेहरुले माओवादी कार्यकर्ता सोनपुर–४ वनकटि्टका निसान थारु, सोही गाउँका अमरीका प्रसाद चौधरी, सोनपुर १ नर्तिका घनश्याम खनाल, सिसहनियाँ कालापानीका अनन्तराम चौधरी, सोही ठाउँका खेमलाल चौधरीलाई नियन्त्रणमा लिई प्रहरी लार्ई वुझाएका छन। हाम्रै आखाँ अगाडि कसैको घर उजाड गरेर लैजादै गरेको हामीले कसरी हेर्न सक्छौं, अर्काको सम्पत्तिमा त्यतिकै कसैले केही गर्न सक्दैन त्यसैले हामीले उनिहरुलाई पक्रेर प्रहरीलाई वुझाएका हौं गाउँका अगुवा कालिप्रसाद चौधरीले भन्नु भयो। ईलाका प्रहरी कर्यालय लमहीवाट प्रहरी प्रमुख हरीदास श्रेष्ठको कमानमा गएको प्रहरीको टोलीले नियन्त्रणमा रहेका माओवादी कार्यकर्ता र गाउँले विच उत्पन्न विवाद समाधान गर्न गाउँ स्तरमा सोमवार छलफल राख्ने सहमति कायम गराएको छगएको वर्ष कब्जा गरीएका घर जग्गा फिर्ता गर्ने काम शुरु भएको भन्ने थहा पाएपछि अनिता शाहाले स्थानिय गाउँले पाचँ जनालाई वार्षिक ५५ हजारमा साढे ६ विगाह जग्गा ठेक्कामा दिनु भएको थियो। ठेक्का पाएको जग्गामा खेती गर्न नपाउदै माओवादीले सो जग्गा कब्जा भैसकेको वताएपछि उनिहरु आक्रोसीत भएका छन। खेती गरेर खाने समयमा जग्गा कब्जा भयो तिमिहरुले काम गर्न पाउदैनौं भनेपछि कस्तो हुन्छ जग्गा ठेक्कामा लिएका तुनराम चौधरीले भन्नु भयो। अनिता शाहालाई पैसा वुझाउने सम्झौता भएपनि माओवादीका कार्यकर्ताहरुले उनिहरुवाट तिन किस्तामा ५५ हजार रुपैयाँ असुलि सकेका छन। साथै माओवादीले ६ विगाहमा फैलिएको आपको वगैचा समेत यस वर्ष एक लाखमा आफ्नै कार्यकर्ता अनन्तराम चौधरीलाई लाई ठेक्कामा दिएका छन।
माओवादीले द्धण्द्ध कालमा कब्जा गरेको खिमबहादुर शाहाको जग्गा उहाँकी छोरी अनिता शाहा संग सहमति गरेर किनेको भन्दै माओवादी सोनपुर गाविस ईञ्चार्ज माधव शमाले स्थानिय कार्यकर्ता निसान थारुलाई ६५ हजारमा एक महीना पहीले गोठ विक्रि गरेका थिए। माधव शर्माले भन्नु भयो कि हामीले किनेका छौं, पार्टि संचालन का लागी ६५ हजार वुझाउनु पर्छ अनि मैले सो गोठ किनेको हुँ निसान चौधरीले भन्नु भयो।
पार्टि भित्र माओवादीले कब्जा गरीएको गोठ विक्रि गर्ने र जग्गा ठेक्कामा दिने निर्णय गरेको वुझिएको छ। पार्टिको निर्देशन अनुसार यसो भएको हो, आवश्यक केही ईट्टा चाहीएकाले १३ हजारमा किनेको हुँ खनालले भन्नु भयो। माओवादीका गाविस ईञ्चार्ज माधव शर्माले सो गोठ निसान थारुलाई ६५ हजारमा विक्रि गरेका थिए। त्यसपछि त्यहाँ रहेका ईट्टा थारुले घनश्याम लाई १३ हजारमा, अमरीका प्रसाद चौधरीलाई पाचँ हजारमा टायल विक्रि गरेका छन। गोठमा रहेका आधा भौतिक सामाग्री उनिहरुले लगीसकेका छन। वाकिँ वचेका गोठका काठ, झ्याल, ढोका, ईट्टा, टायल लगाएतका भौतिक सामाग्री को प्रहरीले मुचुल्का उठाएको छ।

No comments:

go up