Saturday, May 22

पुर्वराज्यमन्त्री गुरुङको रोग


काठमाडौँ, ७ जेठ (दैनिकी) नेपाली काँग्रेसका युवा नेता तथा पुर्वराज्यमन्त्री महादेव गुरुङ मुटुरोग नभई अम्लपित्त, श्वासप्रश्वास र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनसक्ने आशङ्का गरिएको छ । यही जेठ २ गते आफ्नो गृहनगर पोखरा जानेक्रममा विमान चढ्न लाग्दा अकस्मात् बिरामी परी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुर्‍याइएका युवा नेता गुरुङलाई सो अस्पतालको सल्लाहबमोजिम थप उपचारका लागि सहिद गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।
अस्पतालबाट आज डिस्चार्ज हुनुभएका गुरुङले औषधि सेवन गरिरहे पनि स्वास्थ्य समस्या देखिरहेकाले थप उपचारका लागि पुनःअस्पताल जानुपर्ने अवस्था आइलागेको जानकारी दिनुभयो । करिब १० वर्षघि उच्चरक्तचाप, अम्लपित्त र मिर्गौलासम्बन्धी समस्या देखिएपछि औषधोपचारका साथ चिकित्सकको सल्लाहबमोजिम आहारविहार र जीवनशैलीमा परिवर्तन गरी स्वास्थ्यलाभ गरिरहनुभएका गुरुङको मुटुरोगसम्बन्धी नभई पुरानै समस्या बल्भिmएको हुनसक्ने सो अस्पतालले जनाएको छ । रासस

No comments:

go up