Monday, May 3

बामदेवलाई धम्की


काठमाडौ, वैशाख २०
 - एमाले उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा माग गर्दै पार्टी अध्यक्ष झलनाथ खनाललाई बुझाएको ज्ञापन पत्रलाई लिएर आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
रेडियो कान्तिपुरसंग सोमबार बिहान कुरा गर्दै उनले केही शीर्ष नेताको निर्देशनमा आफ्नै भातृ संगठन युथफोर्सबाट ज्यान लिने धम्की आएको दावी गरेका छन् । मध्यरातमा आएका दुईवटा टेलिफोनमा आफूलाई युथफोर्सका कार्यकर्ता बताउनेले केही दिनमा ज्यान लिने धम्की दिएको उनले बताए ।
आवश्यक अनुसन्धानका लागि प्रहरीलाई खबर गरेको उनले जानकारी दिए । उनी पूर्व गृहमन्त्री पनि हुन् ।
युथफोर्सले भने उक्त आरोपको खण्डन गरेको छ । अध्यक्ष महेश वस्नेतले आरोप झुटो भएको बताउँदै युथफोर्सको संलग्नता नरहेको दावी गरे ।kantipurnews

No comments:

go up