Friday, June 11

अनौठो रोग, पढाइ प्रभावित

समुन्द्र पौडेल, तनहुँ, जेठ २७ nagrik
 गोरखाको आरुअर्वाङ्गको कल्लेरीस्थित इन्द्रकन्न्या माध्यमिक विद्यालयका छात्रामा एक सातादेखि अनौठो रोग देखा परेको छ। पढाइरहेका बेला अचानक रुने, चिच्याउने, अश्लिल शब्द बोल्ने र बेहोश हुने समस्या देखिएको शिक्षक राजकुमार लामाले बताए। एक साताको अवधिमा १६ जना छात्रामा यस्तो समस्या देखापरेको उनले बताए। अचानक बेहोश भएका छात्राले होशमा आएपछि जथाभावी दौडने, ढुङ्गा र हतियारले विद्यार्थी र शिक्षकलाई हिर्काउने जस्ता व्यवहार गर्न थालेपछि पठनपाठन प्रभावित भएको
विद्यालयले जनाएको छ।रोग नियन्त्रणको उपाय थाहा नभएकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था सृजना भएको अर्का शिक्षक जीवन लामिछानेले बताए। दिनदिनै छात्रा विद्यार्थी बिरामी पर्ने र अन्य विद्यार्थीमा समेत समस्या देखिन थालेपछि अभिभावक र शिक्षक चिन्तित भएको उनले बताए।मास हिस्टेरियाका कारण विद्यार्थीमा यस्तो समस्या देखिएको हुनसक्ने स्वास्थ्य कार्यालय गोरखाका प्रमुख डा. गुणराज लोहनीले बताए।

No comments:

go up