Tuesday, June 22

सवारी ठोक्किदा दुईजनाको मृत्यु



हेटौंडा ,असार ८
 हेटौँडाको थानाभर्‍याङमा मङ्गलबार दुईवटा सवारी ठोक्किदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा २४ भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ। वीरगञ्जबाट चितवन जाँदै गरेको ना. २ ख २४७४ नम्बरको वसलाई नम्बर नखुलेको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।सो दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन । गम्भिर घाईतेभएका चार जनालाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।अन्यकोभने स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

No comments:

go up