काठमाडौं, असार ८ (नागरिक)
माओवादी नेता नारायणकाजीले प्रधान मन्त्रीको राजिनामा नआएमा सदन सङ्घर्ष चर्काउने बताएका छन्। गत मङ्गलबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी पोलिटब्युरो बैठकका बीच सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- सरकारको बजेट तथा नीति-कार्यक्रम पनि ल्याउन दिइँदैन।उनले माओवादीभित्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद गलत भएको दाबी गर्दै संविधानसभाको ठूलो दलको हैसियतले माओवादी नेतृत्वमै सरकार गठन हुनुपर्ने दाबी पनि दोहोर्याए।बैठकमा बोल्ने क्रम आज सकिने जानकारी दिइएको छ।
No comments:
Post a Comment