Thursday, June 24

गोली प्रहारबाट दम्पतीको हत्या


 बुटवल, असार ९
 गोली प्रहारबाट बुटवलको संगमपथमा व्यवसायी दम्पती हत्या भएको छ। भण्डारी गल्ला स्टोरका मालिक रमेश भण्डारी तथा उनकी श्रीमती आशाको गोली हानी हत्या भएको हो। कालो पल्सर चढी आएका मधेसी मूलका दुई तथा पैदल आएका अर्का एकले गोली चलाएको प्रहरीले जनाएको छ। गोली लाग्नासाथ आशाको घटनास्थलमै मृत्यु भएको थियो। उनको कोखा र छातिमा गोली लागेको छ। रमेशको घाटीमा दुई गोली लागेका छन्। उनलाई लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। गोली प्रहार गरी व्यवसायीको हत्या भएपछि बुटवलका उद्योगी व्यवसायी लुम्बिनी अञ्चल अस्पतालमा भेला भएका छन्।इलाका प्रहरी कार्यालय बुटवलका डीएस्पी दानबहादुर कार्कीले बुटवलका नाकामा चेक जाँच बढाएर अपराधीको खोजी भइरहेको नागरिकन्युजलाई बताए।

No comments:

go up