Thursday, June 24

मोटरसाइकल दुर्घटना

दाङ असार १० 
दाङमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन्।दाङको तुलसीपुरबाट सितलपुर तर्फ जाँदै गरेको रा १ प ५४९० नम्वरको मोटरसाईकल टरीगाउँ १ मा बुधबार राति पल्टिदा मोटरसाईकलमा सवार दाङ देउखुरीका तेजबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाईकल दुर्घटनामा परी घाईते भएका केसीको उपचारका

लागी कोहलपुर लैजाँदै गर्दा गएरातीनै बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ। यसैगरी दुर्घटनामा परी दाङको तुलसीपुर नगरपालीका वडा नम्वर ४ मोतिपुर निवासी रामु श्रेष्ठ गम्भीर घाईते भएका छन्।घाईते श्रेष्ठको अवस्था गम्भीर रहेको र उहाँको कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

No comments:

go up