Friday, June 25

रेल दुर्घटनामा चारको मृत्यु

वीरगन्ज (पर्सा), असार ११ 

 वीरगन्जको सीमावर्ती सहर भारतको रक्सौलमा बिहीबार भएको रेल दुर्घटनामा चारजना भारतीयको मृत्यु भएको छ। नेपाली घाइते भएका छन्।दुर्घटनामा चार नेपाली सहित एक सयभन्दा बढी घाइते भएका छन्। घाइते हुने नेपालीहरुमा पर्सा जिल्ला सेढवा गाविस वडा नं. ८ निवासी शिवशङ्कर साह, बारा जिल्ला निवासी महम्मद अताउनल हक, बुद्धिराम र महम्मद मुस्तकिम रहेका छन्। नरकटियागन्जबाट घोडासनका लागि हिँडेको २१८ नम्बरको रेल रक्सौल र भेलाही स्टेसनबीचमा रहेको हवाई मैदानअगाडि रेलको लिक पार गर्दै गरेको बालुवा लोड गरेको जे.ए.१२.सि ३७६९ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेहरुमा अधिकांश रेलको इन्जिनमा झुन्डिएर यात्रा गरिरहेकाहरु रहेको बताइएको छ। रेलचालक सकुशल रहेका र ट्रकचालक र सहचालक फरार रहेका छन्। रासस

No comments:

go up