Friday, June 25

हरेस खाएका छैन उत्तर कोरिया


असार १०
स्थानीय किंगवान्चा टोलीका खेलाडीले सोमबार सरकारी टेलिभिजनमा उक्त खेलको प्रत्यक्ष प्रसारण हेरेका थिए। उनीहरूले आफ्नो टोलीको निराशाजनक पराजयबाट हरेस खाएका छैनन्।उत्तर कोरियाले पाएको ७–० अन्तरको पराजय सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकप फुटबलमा जर्मनीले साउदी अरेबियामाथि पाएको ८–० को विजयपछि ठूलो एकतर्फी खेल थियो।उक्त पराजयले दोस्रो चरणमा पुग्ने उत्तर कोरियाको चाहनालाई धरासायी पारेको थियो।एउटा साथी फुटबल खेलाडी भएको नाताले
टोलीले थुप्रै गोल खाएको देख्दा मलाई नरमाइलो लागेको छ,' प्योङयोङको टेलिभिजन समाचार संस्था एपिटिएनले जनाएअनुसार किंगवान्चाका विङ्गर सोन चुङ इलले भने स्थानीय स्टेडियममा प्रशिक्षणका क्रममा भने। सोनले आफू निराश भने नभएको बताए।'हामी आफ्नो स्तर सुधार्न प्रयासमा केन्द्रित रहने छौं र भविष्यमा पोर्चुगलसँग खेल्ने अर्को अवसर प्राप्त भएमा उनीहरूलाई हराउने प्रयास गर्नेछौं,' उनले भने।प्रशिक्षक किम साङ सोल पनि पराजयबाट निराश छैनन्। 'कोरियाली (उत्तर) टिम ४४ वर्षको अन्तरालपछि पहिलो पटक विश्वकपमा खेलिरहेको छ,' उनले भने, 'खेल हारे पनि हाम्रो टिमले देशभित्रका फुटबल प्रशंसकमाथि राम्रो प्रभाव छाडेको छ।'यो सन् १९६६ पछि विश्वकपमा उत्तर कोरियाको पहिलो भ्रमण हो। त्यतिबेला यसले इटालीलाई १–० ले हराउँदै विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो एसियाली राष्ट्र बनेको थियो। त्यसपछि उत्तर कोरियाले पोर्चुगलविरुद्ध नै ३–० को अग्रता लिए पनि खेल ५–३ ले गुमाएको थियो।सोमबारको खेललाई उत्तर कोरियाको सरकारी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो, जुन विदेशमा भएको उत्तर कोरियाको खेलको पहिलो प्रत्यक्ष प्रसारण थियो।उत्तर कोरियाले शुक्रबार आइभोरी कोस्टविरुद्ध समूहको अन्तिम खेल खेल्नेछ।

No comments:

go up