Sunday, June 27

उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला

काठमाडौं, असार १३ (नागरिक)
 उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार स्वीकार गर्न सकिने बताएकी छन्। 'दाहालको नेतृत्व स्विकार्न सकिन्छ,' युएईको भ्रमण सकेर शनिबार काठमाडौं आएकी नेतृ कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भनिन्, 'त्यसका लागि वाइसिएलको अर्धसैनिक संरचना र कब्जा सम्पत्ति
फिर्ता हुनुपर्छ।'पार्टीभित्र कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने भनी छलफल चलिरहेका बेला नेतृ कोइरालाको यस्तो भनाइ आएको हो। कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा दाहाललाई समर्थन गर्न नसकिने बताएको छ।

No comments:

go up