Wednesday, June 30

माओवादी नेतालाई यस्तो भिसा >>>>>>>

काठमाडौं, असार १५- एकीकृत माओवादी पोलिट्ब्युरो सदस्य अग्नि सापकोटाको प्रवेशाज्ञा पाएर पनि अमेरिका उड्न नपाएको खुलासा भएको छ। सापकोटालाई अमेरिकी दुतावासले असाढ १० मा दिएको 'जे वान' भीसाको म्याद असोज ७ मा सकिने देखिएको छ।काठमाडौंस्थित अमेरिकी दूताबासले 'मानवअधिकार उल्लंघनको अभियोग लागेकाले सफाइ नपाउँदै भीसा दिनु अनुपयुक्त' प्रेस विज्ञप्तिमार्फत जनाएको थियो।



काठमाडौंस्थित अमेरिकी दूताबासले सापकोटाको पासपोर्टमा लगाएको भिसा। तस्विरः नागरिक
सापकोटालाई जान नदिएपछि अन्य दलका नेतासँगै बिहीबार अमेरिका उडेका सचिव चन्द्रप्रकाश गजुरेल, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र पोलिटब्युरो सदस्य पम्फा भुसाललाई पार्टीले फिर्ता बोलाइसकेको छ। अमेरिकाको बोस्टनस्थित करुणा सेन्टर फर पिस बिल्डिङ र नेपालको द्वन्द्व व्यवस्थापन, शान्ति तथा विकास प्रतिष्ठानले शुक्रबारदेखि थालेको 'बोस्टन सम्झौता र राज्य निर्माण सम्बन्धी' कार्यक्रममा भाग नलिई फर्कने छन्।


No comments:

go up