Saturday, June 26

पाल्पा-बुटवल सडक अबरुद्ध

पाल्पा, असार १२
 शुक्रबार रातिदेखि पाल्पा-बुटवल सडक खण्ड अवरुद्ध बनेको छ। अविरल बर्षाका कारण शिद्धबाबामा पहिरो खसेपछि यातायत बन्द हुँदा सयौं यात्रु मर्कामा परेका छन्। पहिरोले यातायात बन्द हुँदा पाल्पा, स्याङ्जा, गुल्मी र अर्घाखाँचीबाट छुटेका सयौं सवारी साधन १२ घण्टादेखि पाल्पाको दोभान क्षेत्रमा रोकिएका दोभान प्रहरीले जनाएको छ। बुटवल तर्फबाट छुटेका सावारी पनि चिडिया खोलामा बाटो खुल्ने आसमा लाम लागेर बसेका छन्। पानी पर्न नरोकिएकाले पहिरो खस्नेक्रम नरोकिएकोले बाटो खुलाउन केहि समय लाग्ने ट्राफिक कार्यालय पाल्पाले जनाएको छ।

No comments:

go up