Thursday, June 24

गोली चल्यो

काठमाडौं, असार १० 
काठमाडौंको मैतीदेवी मन्दिरको पूर्वपट्टि आज बिहान सवा दश बजे गोली चलेको छ।कालो रङको पल्सर मोटरसाइकलमा आएका दुईजना व्यक्तिले भरतपुर १० घर भई हाल मैतीदेवीमा बस्दैआएका विष्णु पाण्डेलाई ताकेर गोली हानेका थिए।मोटरसाइकलमा आएका ती व्यक्ति को थिए र किन पाण्डेलाई गोली हानिएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ। गोली लाग्नबाट बचेका>>>>



पाण्डेलाई अनुसन्धानका लागि प्रहरी हिरासत हनुमान ढोकामा लगिएको छ।घटनास्थलबाट प्रहरीले एक थान पड्केको र दुई थान नपड्केको गोली बरामद गरेको छ। घटनास्थलमा कुनै पनि क्षति नभएको र दोषीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।'गोली चलेको आवाज सुनेँ, तर गोली हान्ने व्यक्ति को हो भनेर थाहा भएन', स्थानीय लाल गुरागाईँले बताए। रास

No comments:

go up