Friday, June 11

कोठी साधारण नहुन पनि सक्छ

 डा. सुपर केसी
कन्सल्टेन्ट चर्मरोग विशेषज्ञ




मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई र्सवसाधारणले कोठी भनेर बुझ्ने गरेको पाइन्छ, तर यस्ता सबै दानाहरु कोठी नहुन पनि सक्छन् । हामीले बुझ्ने कोठी भनेको छालालाई रंग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अंग्रेजीमा मोल (Mole) वा निभ्स (Nevus) भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ ।





हाम्रो छालालाई रंग उत्पादन गर्न मेलानोसाइट (Melanocyte)  भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रंग बनाउने कोषले ५ देखि ८ वटासम्म साधारण छालाको कोषलाई रंग दिन्छ । कुनै-कुनै अवस्थामा यी कोषहरु धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रुपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।
कोठीका प्रकार
साधारणतया छालाको पत्रमा रहने हिसाबले कोठीलाई तीन भागमा वर्गीकरण गरिन्छ । कोठीका कणहरु छालाको मध्यभागमा मात्र छन् भने त्यसलाई कम्पाउन्ड निभ्स भनिन्छ तर कोठीका कणहरु छालाको माथिल्लो र मुन्तिरको पत्रको बीचमा छन् भने त्यसलाई जड्ढसनल (Junctional) िकोठी भनिन्छ । यदि सम्पूर्ण कणहरु छालाको मुन्तिरको पत्रबाट मात्र आएका हुन् भने त्यस कोठीलाई र्डमल कोठी भनिन्छ ।
कणहरु रहेको स्थानको कारणबाट कोठीहरु धेरै कालो, खैरो वा हल्का कालो, रातो देखिने हुन्छ । कुनै कोठी धेरै ठूला हुन्छन् भने कुनै स-साना टीकाजस्ता देखिन्छन् । त्यस्तै कुनै-कुनै कोठी जन्मजात ठूलो र रौंहरु भएको हुन्छ । यसलाई वंशाणुगत कोठी भनिन्छ । यो शरीरको जुन भागमा पनि हुन सक्छ । कसै-कसैलाई तिलको दानाजस्ता थुप्रै कोठीहरु आउन सक्छन् । यसलाई तिलकोठी वा ँमखिया� भन्ने गरिन्छ । यो उमेर बढ्दै गएपछि प्रस्ट देखिन थाल्छ र जाडो महिनामा अलि गाढा देखिन्छ । यो हात, मुख, जीउ सबै ठाउँमा हुन्छ ।
यस्तै प्रकारको अर्को गाढा साना कोठीहरु हुन्छन्, जुन घामले देखिने भाग जस्तै- मुख, हातमा प्रस्ट देखिन्छ । यसलाई लेन्टिजेनस (Lentigenes) भनिन्छ । यसलाई घामको किरणले बढाउने गर्छ । यीबाहेक ब्लु निभ्स, स्पिट्ज निभ्स (Spitz Nevus), बर्ेकर्स निभ्स (Becher뭩 Nevus) जस्ता अन्य अस्वाभाविक कोठीहरु पनि हुन्छन् ।
कोठी शरीरको कुनै पनि भागमा देखा पर्न सक्छ । छालामा मात्र नभएर आँखा, मुख, यौना�, नङसहित भित्री अ�हरुमा पनि कोठी हुन सक्छ ।
कोठीजस्तै देखिने अन्य समस्या




सबै काला, खैरा, राता टाटा वा दागहरु कोठी हुँदैनन् । त्यस्तै एकै व्यक्तिमा कोठी र कोठीजस्तै देखिने अन्य समस्याहरु पनि एकसाथ हुन सक्छन् । मुख वा जीउमा गाढा खैरा, काला दानाहरु वा ठूला गिर्खाहरु हुन सक्छन् । यसलाई साधारणतया छाला बूढो भएको वा छालामा घामको नकारात्मक असरको परिणामको रुपमा लिइन्छ । यसै गरी खैरा, खस्रा दाना वा गिर्खाहरु (Keratoacanthoma) को समस्या पनि हुन सक्छ । कुनै-कुनै अवस्थामा बेसल सेल क्यान्सर (Basal Cell Cancer) भन्ने समस्या पनि कोठीजस्तै भएर आउन सक्छ । यस्तै ज्यादै गाढा काला टाटाहरु (Acanthosis Nigrican) पनि हुन सक्छन् ।
ढाडमा वा शरीरका विभिन्न भागमा खैरो, खरानी रंगको टाटा वंशाणुगत रोगको संकेतका रुपमा पनि आउन सक्छ । जस्तै- क्याफे ओले स्पटहरु न्यूरोफाइब्रोमाटोसिस भन्ने रोगमा आउँछ । त्यस्तै एस लिफ स्पटहरु (Ash Leaf Spot) ट्युबरस स्क्लेरोसिस (Tuberous Sclerosis) भन्ने रोगमा आउँछ । यस्तै घामले देखिने ठाउँमा साना, खस्रा दागहरु (Actinic Keratoses) हुन सक्छन् ।
खराब कोठीको पहिचान
साधारणतया कोठीले कुनै पनि समस्या गर्दैन । धेरैजसो कोठी लामो समयसम्म एकै साइज र रंगको भएर रहन्छन् तर कोठी कहिलेकाहीँ क्यान्सरमा परिणत हुन पनि सक्छ । रोकथाम र चाँडो पहिचानको लागि ABCDE को फर्मुला अपनाउन सकिन्छ । ब् भन्नाले कोठीको बनावट एकनासको नहुनु (Asymmety), द्य भन्नाले कोठीको बोर्डर (Border)  बा�ोटि�ो हुनु, ऋ भन्नाले कलर कहीँ गाढा, कहीँ हल्का वा कहीँ कलरविहीन हुनु हो । म् भन्नाले कोठीको चौडाइ धेरै ठूलो रहनु र भ् भन्नाले कोठी छोटो समयमा धेरै बढ्नु (Evolation) हो । यो सामान्य फर्मुला मनन गर्न सके पनि समयमै चिकित्सकलाई देखाएर कोठीको क्यान्सरबाट बच्न सकिन्छ ।
कोठी र अन्य रोगहरुमा फरक छुट्याउन त्यति गाह्रो नभए पनि कहिलेकाहीँ बायोप्सी गरेर छुट्याउनर्ुपर्छ । कोठीकै बारेमा पनि शंका लागेमा काटेर जाँच गर्नु राम्रो हुन्छ । वंशाणुगत रोगहरुसँग देखिने कोठीका लागि आँखा, स्नायु प्राणालीको पनि जाँच गर्नुपर्छ ।




सबै कोठीको उपचार गरिहाल्नर्ुपर्छ भन्ने छैन । अनुहारमा देखिने साना तिलकोठीका लागि घामबाट बच्ने सनस्त्रिmनको प्रयोग पर्याप्त हुन सक्छ । त्यसबाट पनि नहटे कालो हटाउने औषधि जस्तै- हाइड्रोक्विनन् र (Glycolic acid) क्रिम प्रयोग गर्न सकिन्छ । धेरै भएमा लेजर उपचार पनि गर्न सकिन्छ । घामले देखिने ठाउँको कोठीका लागि चिकित्सकको परामर्श लिएर हटाउन सकिन्छ । यस्तै धेरै ठूला कोठीलाई प्लास्टिक र्सजरी गरेर हटाउन सकिन्छ ।



सावधानी
यदि भइरहेको कोठी अचानक बढ्न थाल्यो, रगत आउन थाल्यो, घेरा र रंग परिवर्तन हुन थाल्यो वा एकदमै बढी चिलाउन थाल्यो भने चिकित्सकको परामर्श लिएर उपचारतर्फलाग्नर्ुपर्छ । मुखभित्र धेरै कोठीहरु छन् भने र पेट दुख्ने वा दिसामा रगत वा कालो दिसा धेरै हुन थाल्यो भने पनि तुरुन्त चिकित्सकको परामर्श लिनर्ुपर्छ । कालो कोठीवरिपरि सेतो हुन थाल्यो भने पनि चिकित्सकको परामर्श अनिवार्य हुन्छ 

No comments:

go up