Tuesday, June 15

आजदेखि हप्ताको ५४ घण्टा लोडसेडिङ

हेटौंडा, जेठ ३१

 लोडसेडिङ धान्नका लागि अत्यन्त महत्वपूर्ण मानिएको मकवानपुरको कुलेखानी जलविद्युत आयोजनामा विद्युत उत्पादन बन्द हुँदा थप लोडसेडिङको मार थपिने भएको छ। आयोजनाले विद्युत उत्पादन बन्द गरेपछि विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर हप्ताको ५४ घण्टा पुर्‍याएको छ।सोमबारदेखि चारदिनसम्म दिनको तीन/तीन घण्टाका दरले तीनपटक र तीनदिनसम्म दिनको ६ घण्टाको दरले लोडसेडिङ हुने विधुत प्राधिकरण भार प्रेषण केन्द्रका इन्चार्ज शेरसिंह भाटले जानकारी दिए।




 देशभर लोडसेडिङको चाप धान्ने उक्त आयोजनाको मेनगेटभल्वको वृहत मर्मत सम्भारका लागि विद्युत उत्पादन बन्द गर्नुपरेको कुलेखानी आयोजनाले जनाएको छ। 'अहिले आयोजनाको दुई नम्बरको मेनगेटभल्व र टर्वाइनको मर्मत शुरु भएको छ', आयोजना प्रमुख सच्चिदानन्द मिश्रले नागरिकसँग भने, 'त्यसैले लोडसेडिङमा पनि विद्युत उत्पादन बन्द गर्नुपर्‍यो।'केही समयअघि मात्रै आयोजनाको एक नम्बर युनिटको मर्मत सकिएको थियो। मेसिन मर्मतका लागि जापानबाट आएका तीनजना प्राविधिकले काम गरिरहेको उनले जानकारी दिए। दुई नम्बर युनिटको रोटर समेत खोलेर शनिबारदेखि विद्युत उत्पादन समेत बन्द गरी मर्मत भैरहेको मिश्रले बताए। सोमबारदेखि पाँचनम्बर भल्वको मर्मत शुरु भएको छ। दुई नम्बर युनिट आयोजना बनेको ३० वर्षमै पहिलो पटक निर्माण गरिएको हो।

नयाँ तालिका

No comments:

go up