Saturday, July 3

पाँच पटकको विश्वकप विजेता ब्राजिल


जोहानसवर्ग- पाँच पटकको विश्वकप विजेता ब्राजिललाई नेदरल्यान्डसले २-१ ले पराजित गर्दै क्वार्टर फाइनलबाटै घर फर्काइदिएको छ। ६८ औँ मिनेटमा कर्नर किकबाट आएको बललाई हेड गर्दै वेस्ली स्नाइडरले नेदरल्यान्डसको लागि विजयी गोल गरे। यसअघि १० औँ मिनेटमा नै रबिन्होको गोलको मद्दतबाट ब्राजिल १ गोलले अघि बढेको थियो। तर ५३ औँ मिनेटमा फेलिपे मेलोको आत्मघाती गोलका कारण नेदरल्यान्डसले बराबरी गर्‍यो। मेलो कै पासमा ब्राजिलले गोल गरेको थियो। मेलो कै हेडका कारण भएको आत्मघाती गोलले नेदरल्यान्डसले बराबरी गरेको थियो। अनि मेलोले ७३ मिनेटमा नेदरल्यान्डसका विङ्गर आर्यन रबिन्सलाई फल खेलेवापत् सीधै रेडकार्ड पाएपछि बाँकी खेल ब्राजिलले १० जना खेलाडीले खेल्नु परेको थियो। नेदरल्यान्डस १९९८ को विश्वकपमा ब्राजिलसँगै पेनाल्टीमा पराजित भएपछि पहिलो पटक सेमीफाइनलमा पुगेको हो। चार वर्षअघि पनि ब्राजिलले क्वार्टर फाइनलमा नै फ्रान्ससँग १-० को पराजय भोगेको थियो। नेदरल्यान्डसको भिडन्त सेमीफाइनलमा घाना र उरुग्वेबीचको क्वार्टफाइनल खेलका विजेतासित हुनेछ।

No comments:

go up