Monday, July 5

एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या

महेन्द्रनगर, असार २०
 एसएलसीमा अनुत्तीर्ण भएपछि यहाँकी एक छात्राले आत्महत्या गरेकी छिन्। महेन्द्रनगर उच्च माविबाट परीक्षा दिएकी भीमदत्त नगरपालिका–१८ की १६ वर्षीया सरोज जोशीले शनिबार आत्महत्या गरेको प्रहरीले जनाएको छ।शुक्रबार साँझ परीक्षाफल प्रकाशित भए पनि जोशीले शनिबार दिउसोमात्र थाहा पाएकी थिइन्। दिनभर तनावमा रहेकी उनले सल्फास खाएकी थिइन्। तर उनका परिवारजनले सल्फास खाएको ढिला थाहा पाएका थिए। उनको उपचारका क्रममा भारतको खटिमामा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। 

No comments:

go up